गृहमन्त्रीको राजीनामा माग गर्नु निराधार र अनुचित हो, पूरा हुँदैन सक्दैन: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु निराधार र अनुचित क्रियाकलाप भएको बताउनुभएको  छ।

कान्तिपुर मिडिया ग्रुपले शनिबार बिहान गरेको ‘हाफ म्याराथुन’को शुभारम्भपछिको छलफलमा प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि कुनै आरोप नलागेको र कुनै निकायले छानबिन नगरेको अवस्थामा प्रतिपक्षी दलले असम्भव माग ९बटमलाइन० राखेर सदन अवरोध गर्न नहुने बताउनुभएको हो।

म प्रतिक्षको बोल्ने र माग राख्न पाउने अधिकारको सम्मान गर्छु तर माग राख्दा वा विरोध गर्दा आधार चाहीँ चाहिन्छ। गृह मन्त्रालयमातहत धेरै कर्मचारी छन्। एउटा कर्मचारीलाई अख्तियारले बोलायो। बयान लिएको सुनेको छैन। प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उहाँले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु पर्दैन,ु प्रधानमन्त्री ओलीले भन्नुभयो, ुपोहोर तत्कालीन गृहमन्त्रीको राजीनामा मागिँदा उहाँमाथि गृहमातहतको सिआइबीले छानबिन गरिरहेको थियो। अहिले त्यस्तो अवस्था होइन त्यसकारण अहिले विरोध गर्न निहुँ नपाएर निहुँ खोजिएको मात्रै हो। यसरी विरोध गरिएको छ कि मानौं ३५ किलो सुन नै ओसारिएको छ, त्यस्तो अवस्था होइन।

उहाँले विपक्षीहरुको मागलाई बच्चाहरूको जिद्दीपनजस्तै रहेको बताउनुभयो। बच्चाहरुले झोला वा खेलौनौ हात्ती किनिदेऊ भन्दा किनिदिन सकिन्छ। सक्कली हात्तीलाई झोलामा हालिदेउ भन्दा हाल्न नसकिए जस्तै विपक्षीले मागेअनुसार गृहमन्त्रीको राजीनामाको माग पूरा हुन सम्भव हुँदैन, उहाँले भन्नुभयो।

प्रधानमन्त्री ओलीले कुनै पार्टीभित्रका समस्या वैयक्तिक आकांक्षा–ध्रुवीकरण हुन सक्ने र त्यसका आधारमा विरोध आउन सक्ने भए पनि घर झगडा घरभित्रै गर्न तर आँगनमा निस्किएर छिमेकीलाई डिष्टर्ब हुने गरी नगर्न प्रधानमन्त्री ओलीको आग्रह थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्