कुलमान, रवि र बालेनबीच त्रिपक्षीय वार्ताको तयारी
काठमाडौँ : ऊर्जामन्त्री कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच त्रिपक्षीय वार्ताको तयारी भइरहेको छ।
रास्वपा नेता असिम शाहका अनुसार सम्भवतः आजै वार्ता हुने सम्भावना रहेको छ, नभए भोलि वार्ताको तयारी गरिएको छ।