चितवनमा मीनाको रबिलाई कडा टक्कर

काठमाडौँ : फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक बागमती प्रदेश अन्तर्गतको चितवन- २ पनि चर्चामा रहेको छ । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उम्मेदवार रहेका कारण यो क्षेत्र चर्चामा रहेको छ ।

चितवन क्षेत्र नम्बर २ संसदीय निर्वाचन क्षेत्रमा इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र भरतपुर महानगरपालिकाको वडा नम्बर १ देखि ५, वडा नम्बर ७, वडा नम्बर १० देखि १२ र वडा नम्बर २९ लगायतका वडाहरू समावेश गरिएको छ ।

निर्वाचन आयोगका अनुसार चितवन-२ मा मतदान गर्न सक्ने कुल मतदाताको संख्या एक लाख ३७ हजार १५२ जना रहेका छन् । यस क्षेत्रमा यस निर्वाचनमा १५२ मतदान केन्द्र तोकिएको छ ।

चितवन- २ मा रवि लामिछानेले नागरिकता विवादका कारण सांसद पद गुमाएपछि २०८० को बैशाखमा उपनिर्वाचन भएको थियो । सो उपनिर्वाचनमा लामिछानेले ५४ हजार १७६ मत प्राप्त गर्दै विजयी भएका थिए । दोस्रो स्थानमा रहेका काँग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २१४ मत प्राप्त गरेका थिए भने एमालेका राम प्रसाद न्यौपानेले १० हजार ९३६ मत प्राप्त गरेका थिए ।

टी अघि २०७९ को निर्वाचनमा यस क्षेत्रबाट लामिछाने ४९ हजार ३०० मत प्राप्त गर्दै विजयी भएका थिए भने दोस्रो भएका काँग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ मत प्राप्त गरेका थिए । त्यस्तै एमालेका कृष्ण भक्त पोख्रेलले १४ हजार ६५२ मत पाएका थिए ।

त्यसैगरी २०७९ को समानुपातिकतर्फ रास्वपाले ३५ हजार ९४५ मत प्राप्त गरेको थियो भने एमालेले १६ हजार ७८४ मत पाएको थियो । त्यस्तै काँग्रेसले १२ हजार १३२ मत प्राप्त गरेको थियो ।

उम्मेदवार- २०८२
यस निर्वाचनमा चितवन- २ मा राजनीतिक दल र स्वतन्त्र गरेर २३ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । यस क्षेत्रमा रास्वपा सभापति रवि लामिछाने तेस्रो पटक उम्मेदवार बनेका छन् । त्यस्तै नेपाली काँग्रेसले समाजसेवी मीना खरेललाई उम्मेदवार बनाएको छ भने एमालेबाट अस्मिन घिमिरे उम्मेदवार रहेका छन् । त्यसैगरी नेकपाले प्रताप गुरुङलाई उम्मेदवार बनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्