इरानको स्कुलमा अमेरिका–इजरायलको आक्रमण, कम्तीमा ५१ जनाको मृत्यु

Photo: AP

काठमाडौँ : अमेरिका–ईजरायलले ईरानविरुद्ध सुरू गरेको युद्धको क्रममा दक्षिणी हर्मोजगान प्रान्तको मिनाब सहरमा भएको हवाई हमलामा ५१ जनाको मृत्यु भएको छ।

ईरानको सरकारी सञ्चारमाध्यमका अनुसार आक्रमण ईजरायली सेनाले एक प्राथमिक छात्रा विद्यालयमा गरेको थियो। घटनामा ठूलो संख्यामा मानिस घाइते भएका छन्।

त्यस्तै, ईरानको मेहर समाचार संस्थाका अनुसार राजधानी तेहरानमा भएको अर्को आक्रमणमा दुई जना विद्यार्थीको मृत्यु भएको जनाएको छ।

अमेरिका र इजरायलले भने आफ्नो आक्रमण केवल सैन्य पूर्वाधारलाई लक्षित गरिएको दाबी गरेका थिए। यद्यपि तेहरानमा सर्वसाधारणमाथि पनि आक्रमण भएको कुरा अल जजिराका पत्रकार मोहम्मद भालले प्रत्यक्ष विवरण दिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्