झापा–५ मा ऐतिहासिक उलटफेर: ओलीलाई पराजित गर्दै बालेन शाह विजयी

काठमाडौं। झापा क्षेत्र नम्बर ५ मा ठूलो राजनीतिक उलटफेर भएको छ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह विजयी भएका छन् ।

शनिबार साँझ सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दै शानदार जीत निकालेका हुन् । उनलाई रास्वपाले प्रधानमन्त्रीका सम्भावित उम्मेदवारका रूपमा अघि सारेको थियो ।

ओलीले भने १८ हजार ७३४ मत प्राप्त गर्दै फराकिलो मतान्तरले पराजय भोगेका छन् । यसअघि ओलीले यही क्षेत्रबाट लगातार निर्वाचन जित्दै आएका थिए।

यसपटकको निर्वाचनमा नेपाली कांग्रेस र अन्य कम्युनिस्ट पार्टीका उम्मेदवारहरूले भने उल्लेखनीय मत ल्याउन सकेनन् ।

पहिलो पटक संसदीय चुनाव लडेका शाहले झापा–५ मा अत्यन्त ठूलो मत प्राप्त गर्दै नयाँ राजनीतिक इतिहास रचेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्