कांग्रेसको प्रतिज्ञा पत्रः पेटभरी खुवाउने, देशलाई चिनाउने किसानको नेपाल (पूर्णपाठ)

काठमाडौं। नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ।

बुधबार जनकपुरधाममा आयोजित कार्यक्रममा सभापति गगन थापाले ‘प्रतिज्ञा पत्र’ सार्वजनिक गरेका हुन्।

सो पत्रमा ‘आदर्श र कर्ममा आधारित हाम्रो अबको राजनीतिको एकमात्र उद्देश्य नेपाललाई समुन्नत र नेपालीलाई सम्मानित बनाउनु हुनेछ’ उल्लेख छ।

कांग्रेसले ‘हाम्रो परिकल्पनाको नेपाल कस्तो हुन्छ’ लिपिबद्ध गरेको स्पष्ट पारेको छ। 

‘पेटभरी खुवाउने, देशलाई चिनाउने किसानको नेपाल’ शिर्षक दिएर प्रतिज्ञा पत्रमा लेखिएको छ-

‘हाम्रो परिकल्पनाको नेपालमा किसानहरू सम्पन्न र मुलुकको प्रगतिका मुख्य सारथी हुनेछन्। कृषि पेसा कुनै नागरिकको बाध्यता नभई आधुनिक र मर्यादित छनोट हुनेछ। नेपाली किसानले मुलुकलाई चाहिने स्वास्थ्यकर खाद्यान्न आपूर्ति मात्र गर्ने छैनन्, प्रविधिको उच्चतम प्रयोग, बजारमा सहज पहुँच र आफ्नो उत्पादनको उचित मूल्यको सुनिश्चिता समेत पाउनेछन्। युवाहरूले कृषिमा आफ्नो भविष्य र भरोसा भेट्नेछन्। राज्यले सिँचाइ र मलको अभाव अन्त्य गर्दै, बीमा र भुक्तानीका सास्ती हटाएर बजार र मूल्य सुनिश्चित गर्नेछ। नेपालको उत्पादनलाई विश्व बजारमा 'ब्राण्ड' बनाउने भिजन बोकेका कृषि उद्यमीहरूलाई राज्यले हरेक पाइलामा साथ दिनेछ।’

कांग्रेसले ४ पृष्ठको १० बुँदे संक्षिप्त प्रतिज्ञा पत्र सार्वजनिक गरेको हो। बिस्तृत प्रतिज्ञा पत्र भने काठमाडौँ आएर सार्वजनिक गर्ने उपसभापति विश्वप्रकाश शर्माले सम्बोधनका क्रममा बताएका छन्।

विश्वप्रकाश शर्माले सम्बोधनका क्रमममा बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्