जेनजी अगुवाहरूलाई बालेनको सन्देश : अब म राजनीतिमा आएँ

काठमाडौँ: काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनका अगुवाहरूसँग राजनीतिक सहकार्य गर्न आग्रह गरेका छन् ।

ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा बिहीबार केहीबेर अघिमात्रै भएको छलफलमा बालेनले आफू दलगत राजनीतिमा आएको बताए । जेनजी अगुवा रक्षा बमको नेतृत्वमा पुगेको टोलीसँग मेयर शाहले सबै जेनजी एकजुट भएर अघि बढ्न समेत आग्रह गरेका थिए ।

मेयर शाहले निरन्तर राजनीतिक संवाद जारी राखेका छन् । बिहिबार नै उनले रास्वपा सभापति रवि लामिछानेसहित अन्य दलका नेता र निवर्तमान सांसदसँग छलफल गरेका छन् । साथै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि उनलाई भेट्न पुगेका छन्।

आज मेयर शाह, ऊर्जामन्त्री कुलमान घिसिङ र रास्वपा सभापति रवि लामिछानेबीच पुनः त्रिपक्षीय छलफल हुने तयारी रहेको स्रोतले बताएको छ।

बिहीबार अपराह्न रवि र बालेनबीच लगभग साढे २ घण्टा चलेको भेटमा सम्भावित एकता प्रक्रिया र पार्टीको नाम, चुनाव चिह्न तथा उम्मेदवार अनुपातबारे छलफल भएको बुझिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्