प्रधानमन्त्री कार्कीको पहिलो निर्णय: संसद विघटन‍

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो पहिलो निर्णय नै संसद् विघटन भन्ने गरेकी छन्।  पद तथा गोपनीयताको शपथ ग्रहण समारोहपछि शीतलनिवासमै बसेको पहिलो मन्त्रिपरिषद् बैठकबाट जेनजीले उठाएको संसद् विघटनको माग सम्बोधन गरेकी हुन्। 

प्रधानमन्त्री कार्कीलाई नयाँ जनादेशका लागि आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ। नयाँ गठित सरकारले आगामी फागुन महिनाभित्र नयाँ जनादेशका लागि प्रतिनिधिसभाको निर्वाचन गराउनुपर्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्