कर्फ्यु अवज्ञा गर्दै संसद भवनअगाडि प्रदर्शन

काठमाडौं । जेनजी युवाहरुले कर्फ्यु आदेश अटेरी नयाँबानेश्वरस्थित संसद भवन अगाडि आज बिहानदेखि प्रदर्शन सुरु गरेका छन्।
हिजो १९ जना युवाको ज्यान गएपछि आक्रोशित प्रदर्शनकारीले सरकारविरुद्ध नाराबाजी गर्दै सडकमा उत्रिएका हुन्।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आज बिहान ८: ३० बजेदेखि चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरेको थियो।
सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली तैनाथ गरिएको छ। तर प्रदर्शनकारीहरू कर्फ्युको अवज्ञा गर्दै सडकमा उत्रिएका छन्।