प्रधानमन्त्री ओली जनवादी गणतन्त्र चीनमा

तस्बिरः दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय

बेइजिङ। प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको पाँच दिने भ्रमणका क्रममा शनिबार उत्तरी चीनको तियान्जिन सहरमा पुग्नुभएको छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको औपचारिक निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन ९एससिओ० को २५ औँ शिखर सम्मेलन र फासिवाद विरुद्धको विश्वयुद्ध र जापानी आक्रमणविरुद्ध चिनियाँ जनताको विजयको ८० औँ वार्षिकोत्सवमा भाग लिन प्रधानमन्त्री ओलीे नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तियान्जिन पुग्नुभएको हो।

हिमालयन एयरलाइन्सको चार्टर विमानबाट तियान्जिनस्थित तियान्जिन विनहाई अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई मन्त्री तथा चिनियाँ कम्युनिस्ट पार्टीको भन्सार समितिकी सचिव सुन मेइजुन, तियान्जिन म्युनिसिपल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष यु युननिल, चीनका लागि नेपाली राजदूत डा.कृष्णप्रसाद ओलीलगायतले स्वागत गर्नुभयो।

प्रतिनिधमण्डलमा प्रथम महिला राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री एवम नेपाली कांग्रेसका सांसद पुर्णबहादुर खडका, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा।युवराज खतिवडा, नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारी हुनुहुन्छ।

कार्यक्रममा भाग लिन विभिन्न देशका राष्ट्र प्रमुख, सरकार प्रमुख तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाका प्रमुख चीन आउनेक्रम जारी छ। संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटरेस, म्यान्मारका कार्यवाहक राष्ट्रपति पनि शनिबार चीन पुग्नुभएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्