भविष्यको नेपाल निर्माण गर्न बलियो जग लोयल्टीले प्रदान गरेको छ: मन्त्री उर्मिला केसी

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका ९ मा रहेको लोयल्टी ऐकेडेमीले व्यक्त्वि तथा कक्षा १२ का विद्यार्थीलाई दीक्षित गरि प्रमाण सहित सम्मान गरेको छ। 

वागमती प्रदेशकी नवनियुक्त युवा तथा खेलकुद मन्त्री उर्मिला केसीले स्वदेशमा युवाले सुरक्षित भविष्य देख्न सक्ने वातावरण सिर्जनाको लागि पहल गर्ने बताउनुभएको छ । शनिबार बढानीलकण्ठको लोयल्टी एक्याडेमीमा दिक्षान्त तथा व्यक्त्वि सम्मान कार्यक्रममा राज्यको मुख्य योजना तथा कार्यक्रम युवामैत्री हुन आवश्यकको बताउनुभयो ।

हरेक पाइलामा साथ दिनुहुने अभिभावकज्यूहरूप्रति उच्च सम्मान प्रकट गर्न चाहन्छु उहाँले भन्नुभयो। विद्यार्थी भाइ बहिनीहरु आज आफ्नो शैक्षिक यात्राको एउटा महत्वपूर्ण खुड्किलोको पार गरी अर्को चरणमा प्रवेश गर्दै हुनुहुन्छ सम्भावनाहरूको यात्रामा  एउटा विद्यार्थीका रुपमा तपाईंहरूको काँधमा भविष्यको नेपाल निर्माण गर्ने गहन जिम्मेवारी आएको छ। आजको विश्व ज्ञान विज्ञान रचनात्मक सोच र समस्या समाधान गर्ने सिप विकास गर्न आवश्यक रहेको अवस्थामा तपाईँहरुले पुरा गर्नुहुने छ भन्ने पूर्ण विश्वस्त रहेको बताउनुभयो । 

लोयल्टी एकेडेमीलेले तपाईँहरूलाई त्यो बलियो जग प्रदान गरेको छ भन्नेमा म विश्वस्त छु। युवा तथा खेलकुद मन्त्रीको हैसियतले म तपाईहरुलाई के विश्वास दिलाउन चाहन्छु भने बागमती प्रदेश सरकार युवाहरूको विकासका लागि खेलकुद राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि भन्ने नारालाई आत्मसाथ गर्दै प्रदेशमा पूर्वाधार प्रोत्साहनका लागि विशेष योजनाहरू कार्यान्वयन गरी आफ्नो कार्यकालमा लागुगर्ने प्रतिवद्धता गर्नुभयो। 

म तपाईहरु सबैलाई आफ्नो रुचिको कुनै न कुनै खेलकुदमा शारीरिक गतिविधिमा संलग्न हुन आग्रह पनि गर्न चाहन्छु।   खेलको माध्यमबाट योग्य, अनुशासित र देशभक्त नागरिक तयार गर्नेछ भन्नेमा म विश्वस्त रहेको बताउनुभयो। 


कार्यक्रको प्रमुख अतिथिसमेत रहनुभएकी मन्त्री केसीलाई तीजको अवसर पारेर देश र जनताको स्वतन्त्रता र न्याको लागि जीवनभरी योगदान गरेको भन्दै लोयल्टीले एकेडेमीले सम्मान गरेको हो ।  मन्त्री केसीले आफूभन्दा अघिल्लो  प्रदेश मन्त्रीले खेलाडीहरुका लागि ल्याएका राम्रा कार्यक्रम र योजनाहरुको सरहाना गर्दै, आफूले उक्त कर्यक्रमलाई निरन्तरता दिएर लागु गर्ने पनि बताउनुभयो। 

नेपाललाई खेलकुदको माध्यमबाट अन्तराष्ट्रिय स्तरमा चिनाउने खेलाडीहरुलाई दुरुत्सहान हुने काम भएको बताउँदै उहाँले भन्नुभयो,“सगरमाथा, गौतम बुद्ध अनि गोर्खालीहरुकोे देश भनेर चिनाउने देशका गहनाहरुलाई आवश्यक सेवासुविधा त परै जाओस् घोषणा गरिएका पुस्कार पनि नपाउने अवस्था लाजमर्दो भएको बताउँदै, यी विषयमा मैले सक्दो कार्यान्वयन गर्नेमा प्रतिवद्धता गर्नुभयो ।”

लोयल्टी एकेडेमीबाट कक्षा १२ मा उत्तिर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै शैक्षिक क्षेत्रको माध्यमबाट राष्ट्रका लागि अब्बल, गुणस्तरीय र उत्कृष्ठ नागरिक उत्पादनमा योगदान गर्दै आएको लोयल्टी एक्याडेमी देशको नमुना शिक्षालय भएको भन्दै मन्त्री केसीले प्रशंसासमेत गर्नुभयो ।

लोयल्टी ऐकेडेमी विद्यालयका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फेले आफ्नो जिल्ला तेह्रथुमकी चेलीले संघर्ष गर्दै युवा तथा खेलकुद मान्त्री जस्तो महत्वपूर्ण जिम्मेवारी पाउनु जिल्लाबासीका लागि हर्ष र गौरवको विषय भएको बताउनुभयो । कक्षा १२ मा राम्रो नतिजा ल्याएर उत्तीर्ण सबै विद्यार्थीहरुलाई बधाई दिदै उज्ज्वल भविष्यको शुभकामनासमेत सम्बाहाम्फेले दिनुभयो ।

विद्यालयका प्रिन्सिपल विरेन्द्र कुरुम्बाङले मन्त्री केसी एक उर्जाशील व्यक्तित्व भएकोले आफ्नो कार्यकालमा अवश्य पनि नमुनायोग्य र युवामैत्री कार्य गर्ने विश्वास रहेको बताउनुभयो । 

स्वागत मन्तव्यमा बोल्दे प्रिन्सिपल कुरुम्बाङले उत्तीर्ण भई दीक्षित हुन गइरहेका हाम्रा प्यारा विद्यार्थी आफ्नो शैक्षिक यात्रालाई अगाडि बढाउने क्रममा २०६५ सालदेखि २०८१ सालसम्म दीक्षित विद्यालयबाट उत्तीर्ण गरी आफ्नो उच्च शिक्षा हासिल गर्ने क्रममा विश्वको विभिन्न विश्वविद्यालयमा हाम्रो विद्यार्थीहरु अध्ययनरत रहेकोमा खुसी व्यक्त गर्नुभयो । 

कुनै विषयलाई स्पेसिफाई गरेर त्यही विषयमा आगामी दिनहरूमा अझै धेरै चुनौतीहरु छन्। धेरै अपर्चुनिटीहरु छन्। लगनशील भएर मेहनत भएर एकदमै कन्सियस भएर पढ्नुपर्ने हुन्छ। हामीले एउटा संस्कारयुक्त विद्यार्थी भएको हामी देख्न चाहन्छौं र आगामी शैक्षिक यात्रामा पनि त्यही खालको गतिविधिमा देख्न चाहन्छौं उहाँले भन्नुभयो। 

बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री र राजनीतिक क्षेत्रमा आफ्नो जिल्लामा विशेषगरी त्यहाँको समाजलाई त्यहाँको जनतालाई एउटा राजनीतिक चेतना सामाजिक चेतना जगाउने खालका कार्यहरू गरेकोले नाताले आज हामीले यो दीक्षान्त समारोहको अवसर पारेर यस विद्यालय सम्मान गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । 

कार्यक्रममा काठमाडौं जिल्ला समन्वय समितिका उपप्रमुख शान्ती पाण्डेले लोयल्टी ऐकेडेमीले पढाइ मात्र होइन संस्कार पनि प्राप्त गर्ने विद्यालय भएकाले विद्यालयले देखाएको बाटोमा लाग्न त्यसले गर्दा एउटा घर परिवार त्यसपछि दोस्रो चाहिँ आफ्नो उज्जवल भविष्य आत्मसाथ गर्न आग्रह गर्नुभयो । 

सो कार्यक्रममा विद्यालयकी संस्थापक निर्देशक नन्दा सुब्बा, कार्यकारी निर्देशक यम्भामी सम्बाहाम्फे, विद्यालय व्यवस्थापन समितिका श्रीराम क्षेत्री, टंक घिसिङ, सविना श्रेष्ठ र दिलिप थिङ, स्थानीय समाजसेवी शंकर अचार्य र शंकरबाबु कार्की लगायतको उपस्थिति रहेको सो कार्यक्रमलाई विद्यालयका प्लस टु संयोजक इन्द्रप्रसाद गौतमले सञ्चालन गर्नुभएको थियो ।




यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्