एमालेमा ७० वर्षे उमेरहदको विषय फेल खाइसक्यो : अध्यक्ष केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा ७० वर्षे उमेरहदको फेल खाइसकेको विषय भएको बताउनुभएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २४औँ राष्ट्रिय महाधिवेशनको उद्‍घाटन गर्दै ओलीले पार्टी नेतृत्वमा उमेरभन्दा पनि स्वास्थ्य र कार्यक्षमता हेरिनुपर्ने बताउनुभएको हो ।

‘७० वर्ष उमेरका कुरा आयो । ७० वर्षे उमेरहदको विषय फेल खाइसक्यो । अहिले म ७४ चल्दैछु, ७० मा रिटायर्ड हुने भन्ने कुरा फेल खाएन रु ४ वर्ष घटाउन भएन क्यारे उमेर,’ ओलीले भन्नुभयो ।

उमेरले भन्दा पनि स्वास्थ्य र कार्यक्षमताले हुन्छ कि हुँदैन भन्ने मुख्य कुरा रहेको उहाँको भनाइ थियो ।

त्यस्तै, उहाँले उमेरका कारणले नभइ अन्य धेरै फ्याक्टर र आवश्यकताहरू हुने उहाँले बताउनुभयो । उहाँले माधव नेपाल र झलनाथ खनाललाई ७० वर्षे उमेर पुगेर नहटाएको जिकिर गर्नुभयो ।

ओलीले भन्नुभयो, ‘माधव नेपाललाई ७० पुगेर हटाएको होइन, झलनाथलाई ७० पुगेर हटाएको होइन । हटाउनुपर्ने हुँदो रहेछ । ७० पुगेर पनि हटाउन मिल्दो रहेनछ, मनमोहनजीलाई ७८ वर्षसम्म पनि हामीले हटाएनौं । उमेर पुगेर बितेर जानुभयो । हामीले हटाएनौं ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्