एक करोडसम्म ऋण लिने उद्यमीले दुःख पाए : सांसद ज्ञानेन्द्र कार्की

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले १ करोडसम्म ऋण लिने उद्यमीहरुले अहिले पनि दुःख पाएको बताउनुभएको छ । सोमबार अर्थ समितिमा भएको बाफिया सम्बन्धी छलफलमा उहाँले त्यस्ता ऋणीहरुलाई बैंकहरुले दुःख दिने गरेको बताउँदै राष्ट्र बैंकको गम्भीर ध्यान जानुपर्ने बताउनुभएको हो । 

उहाँका अनुसार साना, मझौला उद्योगहरु चलायमान नभएसम्म अर्थतन्त्र सही दिशामा जान सक्दैन । त्यसैले सहज रुपमा ऋण लिने वातावरण हुनुपर्छ । कार्कीले बाफिया महत्व विधेयक रहेपनि यसमा सुधारका आवश्यकता रहेको बताउनु भयो । जनता लाभान्वित हुनेगरी विधेयक छिटो पास गर्ने दिशामा अघि बढिनुपर्ने उहाँको भनाइ छ । 

पूर्वअर्थमन्त्री कार्कीले भन्नुभयो, १ करोडसम्म ऋण लिने उद्यमीले अहिलेपनि सहजै ऋण लिन पाइरहेका छैनन् । राष्ट्र बैंक गम्भीर होस् । उत्साहका साथ ऋण लिन सक्ने, सस्तो ब्याजमा, र समयमै ऋण फिर्ता गर्ने अवस्था सिर्जना गर्नुपर्छ ।

काँग्रेस सांसद समेत रहनुभएका कार्कीले बैंकर र ब्यापरीबीच फरकबारे अन्तर्राष्ट्रिय अभ्यास हेरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्