शीर्ष नेताहरूले विश्राम लिएकै दिनदेखि नै अहिलेका आन्दोलन हराउँछन् : गगन थापा

फाइल तस्बिर

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालका ठूला राजनीतिक दलका शीर्ष नेताहरूले राजनीतिबाट विश्राम लिएको दिनदेखि नै अहिलेका असन्तुष्टिहरू हट्ने बताउनुभएको छ । ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले राजनीतिक दलका नेताहरूले नेतृत्वबाट विश्राम लिन नसक्नु नै लोकतन्त्रको सबैभन्दा ठूलो समस्या रहेको बताउनुभयो।

उहाँले गणतान्त्रिक संस्कृतिको कुराकानी गर्दा अहिलेको समस्या लामो समयदेखि एउटै अनुहार शासन सत्तामा देखिनु रहेको बताउनृभयो ।  ‘हामीले गणतान्त्रिक संस्कृतिको कुराकानी गर्‍यौं । अहिलेको समस्या भनेको राजनीतिक दलहरूमा विरलै मात्र हुन्छ होला। यति लामो समयसम्म समाजले अस्वीकार गरेको एउटै भूमिकामा, एउटै अनुहारमा देखिरहेका छौं । हाम्रो डेमोक्रेसीको सबैभन्दा ठूलो समस्या यही हो।’

‘नेपालका ठूला पार्टीका ठूला नेताहरूलाई रेस्पेक्ट गर्छु म। आजको दिनबाट हामीले आफ्नो आफ्नो तहबाट विश्राम लिन्छौं भन्नु भएको दिनबाट आजै बेलुकाबाट यो आन्दोलन झर्छ। भोलिबाट सबै घर फर्किन्छन् । केही पनि बाँकी रहँदैन । त्यसको सबै सुध्रिन्छ भन्ने होइन। त्योभन्दा धेरै समस्या छन्।’ महमन्त्री थापाले शीर्ष नेताहरूले नेतृत्व छोड्ने बित्तिकै सबै समस्या समाधान भने नहुने तर धेरै समस्या बुझेर समाधान गर्न सकिने बताउनृुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्