लागुऔषधको नियन्त्रणमा खटिएर लाग्न प्रदेशका सुरक्षा निकायहरूलाई गृहमन्त्री लेखकको निर्देशन
धनुषा, जेठ ९ गते । गृहमन्त्री रमेश लेखकले देशभर लागुऔषधको समस्या डरलाग्दो रूपमा बढिरहेको बताउनुभएको छ। जनकपुरमा शुक्रवार मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उहाँले लागुऔषध नियन्त्रण जरुरी रहेको बताउनुभयो ।
उहाँले सडक दुर्घटना नेपालको अर्को विकराल समस्या रहेको बताउँदै सडक दुर्घटनाबाट दैनिक झन्डै ७ जनाको ज्यान जाने गरेको बताउनुभयो । देशभर आत्महत्याका कारण दैनिक १७ जनाको ज्यान जाने गरेको र साइबर क्राइम पनि डरलाग्दो समस्याका रूपमा आएको उहाँले बताउनुभयो ।
लागुऔषधको नियन्त्रणमा खटिएर लाग्न प्रदेशका सुरक्षा निकायहरूलाई निर्देशन दिनुभयो । गृहमन्त्री लेखकले शान्ति सुरक्षा देशको पहिलो सर्त र आवश्यकता भएको उल्लेख गर्नुभयो । शान्ति सुरक्षाको स्थिति कमजोर हुने बित्तिकै देश विकासका काममा अवरोध आउने उहाँले बताउनुभयो ।