पाँचथर दुर्घटना ६ जनाको मृत्यु, ६ जनाको उद्धार

काठमाडाैँ । पाँचथरको कुम्मायक गाउँपालिका ३ कात्तिके डाँडाबाट पहिराेमा बोलेरो दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएको छ।

६ जना घाइतेलाई उद्धार गरी धरान पठाइएको जिल्ला प्रहरी कार्यालय, पाँचथरले जनाएको छ। ताप्लेजुङबाट धरान तर्फ जाँदै गरेको मे१ज ३०५५ नम्बरको बोलेरो गाडी दिउँसो दुर्घटना भएको थियो।

दुर्घटनापछि स्थानीय र प्रहरीको सहयोगमा ६ जनालाई तत्काल उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिशकुमार कर्णले जानकारी दिए।

दुर्घटनामा ६ जनाकाे मृत्यु पुष्टि भएको प्रहरीले जनाएको छ। घटनास्थलबाट शव निकाल्ने काम भइरहेकाे कर्णले बताए। उनका अनुसार, अहिले शव बाेक्ने काम भइरहेको छ, मृतकको पहिचान खुलेको छैन। बाेलेराे सडकबाट ५ सय मिटर तल खसेको थियाे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्