जेनजीकाे प्रदर्शनमा परी १९ जनाको मृत्यु

काठमाडौं ।  समाजिक सञ्जाल बन्द र शासकीय अबस्वथाविरुद्ध जेनजीले गरेको प्रदर्शनमा सरकारी दमन हुँदा  सोमबार १९ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो । देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत छन् ।

काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै काठमाडौै बाहिर सुनसरीको इटहरीमा  प्रहरीको गोली लागेर २ जनको मृत्यु भएको छ ।

काठमाडौ बाहिरका धेरै सहरहरुमा  जेनजीहरुले प्रदर्शन गरेका थिए । त्यसविरुद्ध  सरकारले दमन गरेको थियो ।

नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शनकारीहरुले घेरा तोडेपछि आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेको थियो । त्यसक्रम घाइते भएकाहरुलाई प्रदर्शनकारीहरुले अस्पताल पुर्‍याएका थिए । कतिपयको बाटैमा र कतिपयको अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्