हैजाका बिरामीको उपचारमा अभाव हुन दिँदैनौं : स्वास्थ्यमन्त्री पौडेल

पर्सा । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले हैजाका बिरामीको उपचारमा सरकारले कुनैपनि प्रकारको अभाव हुन नदिने गरी काम गरिरहेको बताएका छन् । सोमबार हैजा प्रभावित क्षेत्र वीरगञ्ज आएका मन्त्री पौडेलले यस्तो बताएका हुन् ।
उनले बिरामीको उपचारमा कुनै पनि प्रकारको अभाव र समस्या हुन नदिने गरी सरकारले प्रयत्न गरिरहेको बताउँदै भने, ‘यो महामारीको समयमा सबै पक्षले मानवीयतालाई ख्याल राखेर सहयोग गर्नुपर्छ ।’ उनले निजी अस्पतालहरूलाई पनि हैजाका बिरामीको उपचारमा सहयोग गर्न आह्वान गरे ।
‘बिरामीको स्वास्थ्य परीक्षणका लागि प्राइभेट अस्पताललाई पनि किट उपलब्ध गराउँछौं’ मन्त्री पौडेलले भने, ‘सरकारले अन्य औषधि उपलब्ध गराउँदा उहाँहरूले उपचारमा न्यून शुल्क लिएर बिरामीलाई सुविधा दिने अवस्था आउँछ भने हामी छलफल गर्न तयार छौंँ ।’
उनले निजी अस्पतालहरूले पनि यही समाजमा सेवा पु¥याइरहेको भन्दै सरकार तिरमात्रै ताकेर होइन कि निजी क्षेत्रको तर्फबाट पनि सहयोग गरी समाजमा योगदान गर्ने बेला भएको बताए ।