महानिरीक्षक दिपक थापाद्वारा कर्णाली प्रदेश प्रहरी कार्यालयको निरीक्षण

सुर्खेत । प्रहरी महानिरीक्षक दिपक थापाले कर्णाली प्रदेश प्रहरी कार्यालयको निरीक्षण गर्नुभएको छ । निरीक्षण भ्रमणका क्रममा प्रहरी महानिरीक्षक थापाले उक्त कार्यालयमा रहेका विभिन्न शाखाहरूको निरीक्षण गर्नुका साथै कर्णाली प्रदेश प्रहरी कार्यालयको परिसरमा वृक्षारोपण समेत गर्नुभयो हो । 

निरीक्षण पछि  प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै महानिरीक्षक थापाले भौगोलिक जटिलताको बाबजुद उपलव्ध सीमित स्रोत साधन जनशक्तिको उच्चतम उपयोग गरी समग्रमा प्रदेशस्थित शान्ति सुव्यवस्था अमन चयन कायम गर्न, अपराध नियन्त्रण तथा अनुसन्धान, विपद् एवम् ट्राफिक व्यवस्थापन लगायतका कार्यमा प्रहरी कर्मचारीहरूले देखाएको व्यावसायिकता र निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

महानिरीक्षक थापाले लागूऔषध कारोबार, सवारी दुर्घटना, महिला बालबालिका तथा ज्येष्ठ नागरिक विरूद्ध हुने अपराध, चोरी जस्ता गतिविधिहरू प्रदेशमा चुनौतिको रूपमा देखापरेको बताउँदै यस्ता गतिविधिलाई न्यूनीकरण, नियन्त्रणको लागि समुदायमा आधारित जनचेतनामूलक कार्यक्रम संचालन गर्दै काम गर्नुपर्नेमा जोड दिनुभयो । 

महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरूको समस्या सम्बोधनमा थप संवेदनशील भई निष्पक्ष अनुसन्धान गर्नुपर्ने, पुराना तथा पेण्डिङ मुद्दाहरूको फर्छ्यौट एवम् फरार प्रतिवादीहरूलाई कानूनी दायरामा ल्याउन थप सक्रिय हुनुपर्ने, ट्राफिक व्यवस्थापनमा अझ शिष्ट व्यवहार प्रदर्शन गर्नुपर्ने तथा भीड नियन्त्रणमा धैर्यता एवम् थप संयमता अपनाई कार्यसम्पदान गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्