वाणिज्य बैंकको सेयर धितो कर्जामा आक्रामक लगानी, एक वर्षमै गरे एक खर्ब ४० अर्ब

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले सेयर धितो कर्जामा आक्रामक रूपमा लगानी बढाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१र८२ को अन्त्यसम्ममा सेयर धितो कर्जा ५६।१७ प्रतिशतले बढेर १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यो कर्जा ९० अर्ब ९ करोड रुपैयाँ मात्र थियो ।

गत आवमा वाणिज्य बैंकहरुको सेयर धितो कर्जा ६६।०५ प्रतिशतले बढेको छ । यस अवधिमा वाणिज्य बैंकहरुले १ खर्ब १६ अर्ब ८० करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । अघिल्लो आवको सोही अवधिमा वाणिज्य बैंकहरुले ७० अर्ब ३४ करोड कर्जा दिएका थिए ।

गत आवमा विकास बैंकहरुको १९ अर्ब ५४ करोड शेयर धितो कर्जा दिँदा फाइनान्स कम्पनीहरूको ४ अर्ब ३५ करोड रुपैयाँ दिएका छन् । अघिल्लो आवमा विकास बैंकहरुले १५ अर्ब ५९ करोड र फाइनान्स कम्पनीले ४ अर्ब १४ करोड शेयर धितो कर्जा दिएका थिए ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले शेयर धितो कर्जा प्रवाह गरेको छैन । यसबाहेकका वाणिज्य बैंकहरुमध्ये १८ बैंकले सेयर धितो कर्जा प्रवाह बढाउँदा एनआइसी एशिया बैंकले सेयर धितो कर्जामा लगानी घटाएको छ ।

वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी नबिल बैंकले सेयर धितो कर्जामा लगानी गरेको छ भने सबैभन्दा कम नेपाल एसबिआई बैंकले सेयर धितो कर्जामा लगानी गरेको छ ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्