कृषि कर्जाको १० लाखसम्मको धितो वित्तीय संस्थाले नै मूल्यांकन गर्न सक्ने व्यवस्था


काठमाडौं । नेपाल राष्ट्र बैंकले कृषि कर्जा प्रवाहलाई थप सहजीकरण गरेको छ । राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख, ग र घ वर्गका संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै १० लाख रुपैयाँसम्मको कर्जाको धितो मूल्यांक आँफैले गर्न पाउने व्यवस्था गरेको हो ।

यो व्यवस्थाले कृषि तथा लघु, घरेलु, साना र मझौला व्यवसायलाई नै समेट्नेछ । नयाँ व्यवस्थाअनुसार इजाजतप्राप्त संस्थाहरुले कृषि उपजरकृषियोग्यरकृषि व्यवसाय संरचनाको १० लाखसम्मको धितो आँफैले मूल्यांकन गर्न पाउँछन् ।

यो व्यवस्थाले खाद्यान्नबाली, पशुपन्छी, माछापालन लगायत कृषि व्यवसायसँग सम्बन्धित कृषि वा व्यवसायिक कर्जा प्रवाह गर्न सकिनेछ । यसअघि कृषि कर्जा असुली गर्दा किसानले उत्पादन गर्ने बाली भित्र्याउने समय र कर्जाको किस्ता भुक्तानी गर्ने समय मिलाउनुपर्ने व्यवस्था थियो ।

यस्तै, कर्जाको सुरक्षणकोरुपमा राखिएको उपयुक्तबमोजिमको धितो मूल्यांकन बैंक तथा वित्तीय संस्थाका कर्मचारी वा अन्य धितो मूल्यांकनकर्ताबाट गर्न सकिनेछ । यस प्रयोजनका लागि धितो मूल्यांकन गरेबापत ऋणीसँग धितो मूल्यांक शूल्क लिन पाइने छैन ।

राष्ट्र बैंकले किसानले तरकारी खेतीका लागि कर्जा माग गरेमा किसानले तरकारी उत्पादन गरी बजारमा ल्याउन ४ महिनाको समय लाग्ने भएमा कर्जाको किस्ता ४–४ महिनामा हुने गरी कायम गर्नुपर्ने छ । इजाजतपत्रप्राप्त संस्थाले व्यवसायको नगद प्रवाहलाई आधार लिई कर्जामा पर्याप्त ग्रेस अवधि प्रदान गर्नुपर्ने व्यवस्था समेत राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, ग्रेस अवधि प्रदान गरेको पहिलो वर्ष असल कर्जाका लागि ०।२५ प्रतिशत र दोस्रो वर्ष ०।५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्