चालु आर्थिक वर्षको पहिलो महिनामै व्यापार घाटा १ खर्ब १९ अर्ब

काठमाडौँ । चालू आर्थिक वर्ष २०८२र८३ को पहिलो महिनामा नेपालको व्यापार घाटा १ खर्ब १९ अर्ब १० करोड रुपैयाँ नाघेको छ । भन्सार विभागका अनुसार यो व्यापार घाटा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २।५५ प्रतिशतले बढी हो ।

गत वर्ष साउनमा १ खर्ब १६ अर्ब १५ करोड ९ लाख ७४ हजार रुपैयाँ वैदेशिक व्यापार घाटा भएको थियो । गत आर्थिक वर्ष २०८१र८२ को साउनको तुलनामा चालु आर्थिक वर्षको साउनमा २ अर्ब ९५ करोड ७२ लाख ५४ हजार रुपैयाँले व्यापार घाटा बढेको छ ।

विभागका अनुसार चालु आवको साउनमा १ खर्ब ४३ अर्ब ४ करोड ६ लाख ६९ हजार रुपैयाँको वस्तु तथा सेवा आयात हुँदा निर्यात भने २३ अर्ब ९३ करोड २४ लाख ४१ हजार रुपैयाँमा सीमित रहेको छ ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा नेपालबाट हुने वस्तु तथा सेवाको निर्यातमा ९५।७५ प्रतिशतले वृृद्धि भएको छ ।

गत वर्षको साउनमा नेपालबाट १२ अर्ब २२ करोड ६१ लाख ४७ हजार रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको थियो भने, १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख २१ हजार रुपैयाँको वस्तु आयात भएको थियो ।

नेपालले वैदेशीक व्यापारमा सबैभन्दा बढी घाटा भारत र चिनसँग व्यहोर्दै आएको छ । नेपालले भारतसँग मात्र चालु आर्थिक वर्षको साउन महिनामा ६४ अर्ब ८ करोड ७८ लाख ६६ हजार रुपैयाँको घाटाको व्यापार गरेको छ । यो एक महिनामा भारतबाट ८३ अर्ब ५३ करोड ९९ लाख १६ हजार रुपैयाँको वस्तु तथा सामान आयात गर्दा १९ अर्ब ४५ करोड २० लाख ५० हजार रुपैयाँको मात्र वस्तु तथा सामान निर्यात भएको छ ।

यो अवधिमा चीनसँगको व्यापारमा २७ अर्ब ९४ करोड १२ लाख २३ हजार रुपैयाँ व्यापार घाटा भएको छ । चीनबाट २७ अर्ब ९९ करोड ६० लाख ४८ हजार रुपैयाँको वस्तु तथा सामान आयात गर्दा ५ करोड ४८ लाख २५ हजार रुपैयाँको मात्र निर्यात भएको छ ।

त्यस्तै, अर्जेन्टिनासँग ९ अर्ब १२ करोड ९७ लाख ७१ हजार रुपैयाँ, कतारसँग २ अर्ब ४६ करोड ८० लाख ९३ हजार रुपैयाँ र यूएईसँग १ अर्ब ८३ करोड ८० लाख ९० हजार रुपैयाँको व्यापार घाटा व्यहोरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्