आधुनिक कृषि प्रणालीमा युवाहरुलाई आकर्षित गर्न सके स्वदेशमै रोजगारी, महिला सहभागिता आर्कषक हुने

काठमाडौँ । समयको गति सगैं नेपालको कृषि क्षेत्रमा नयाँ प्रबिधिसंगै धेरै नै ब्याकपता पाइरहेको छ  अहिले कृषि क्षेत्रमा देशको ६०.४ % जनसङख्या कृषि मै निर्भर रहेर जिविकोपार्जन गरिरहेका छन। देशको तिब्र बिकासमा कृषिको महत्वपुर्ण भूमिका रहेको छ । 

नेपालमा आधुनिक कृषि प्रणालीको प्रचलन् बढ्दै गईरहेको छ । कृषिप्रधान देश भएतापनि अन्य देशमा कृषि उपजको लागि निर्भर रहनु पर्दा आधुनिक कृषि प्रणालीको प्रयोग गरी कृषि उत्पादन् बढाउन पर्ने आजको आवश्यकता हो । 

नेपालमा कृषि क्षेत्रले मुलुकको आर्थिक तथा सामाजिक उन्नति र देशको समग्र विकासको महत्त्वपूर्ण हिस्सा ओगटेको छ ।

आवश्यकताअनुसार खाद्यान्न आपूर्ति हुन नसक्दा वार्षिक रु ३९ अर्ब भन्दा बढीको खाद्यान्न विभिन्न मुलुकबाट आयात हुँदै आएको पाइन्छ । नेपालमा उत्पादन हुने कृषि उपजको पनि आयात बढिरहँदा देशको सञ्चिति मुद्रामा समस्या देखिएको छ । कृषिमा आधुनिकीकरण नहुँदा नेपालमा उत्पादनको पर्याप्त सम्भावना रहेका दाल, चामल, तेलमै मासिक अर्बौँ रकम बिदेसिरहेको छ । 

प्राय: युवाहरु रोजगारको क्रममा बिदेश पलाएन भएका छन, घरमा आमाबुवा र केटाकेटी मात्रै भएकै कारण जमिन बाझै छ । देशमा भएको बेरोजगारी र गरिबी मुख्य समस्याको रुपमा आएको देखिन्छ । देश बिकास हुन सर्बप्रथम कृषिमा आधुनिकता र नयाँ नयाँ प्रबिधी भित्रिनु आवश्यक छ ।

नेपालको हावापानी र माटो सुहाउँदो भएतापनि कृषि यान्त्रिकरण, जनशक्ति र प्राबिधिक ज्ञानको अभाबका कारण देशले कृषिक्षेत्रमा क्रान्ति ल्याउन सकिरहेको छैन । नेपालमा प्रत्यक ७–७ किलोमीटरको फरकमा फरक– फरक किसिमका हावापानी पाईन्छ । त्यसैले नेपाले कृषिमा ठूलो परिवर्तन ल्याउन सताब्दी कुरिरहनु पर्दैन होला ?

नेपाल सरकारले कृषिमा बर्षमा अर्बौं रुपैया खर्च गर्छ तर ती खर्च गरिएको सहुलियत कर्जा, अनुदान तथा कृषि हातहतियार समन्धित कृषकसम्म भने अझै पुग्न सकेको छैन । देशलाई उन्नति प्रगति तर्फ लैजान युवाको महत्त्वपूर्ण भुमिका रहन्छ तर ती युवा शक्ति दिनानुदिन बड्दो क्रममा बिदेशी रहेका छ्न ।

युवाहरुलाई कृषि तर आकर्षित गर्न सके पक्कै कृषिमा आधुनिकता तथा युवालाई केन्द्रित गरेर कृषि समबन्धी विभिन्न तालिम र नया नया प्रबिधी बारे ज्ञानदिनु जरुरी देखिन्छ । कृषि ब्याबसाय गर्न युवाहरुलाई सहुलियतमा ऋण प्रदान भन्दा पनि सहुलियत रुपमा आधुनिक हात हतियार, कृषि बिमा, मलखाध र प्रबिधिक ज्ञान उपलब्ध गराउन सराकारले विशेष पहल गर्नु आवश्यक देखिन्छ ।

राज्यले कृषि क्षेत्रलाई प्रभावकारी रूपले लय समात्न सकेको छैन । कृष्कका दिनानु दिन समस्या थपिदै गएका छन् । किसान समयमै मल पाउँदैनन्, सिँचाइ राम्रो सुविधा छैन, बजारको उचित व्यवस्था छैन । 

नेपालमा १४ लाख भन्दा बढि हेक्टरमा सिँचाइ सुविधा पुगेको सरकारको अनुमान रहेको छ । सबैभन्दा ठूलो चुनौती नै किसानलाई उद्यमी बनाउनु नसक्नु हो । जबसम्म किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउँदैनन् तबसम्म कृषिमा लगानी गर्न खासै रुचि देखाउँदैन् । 

पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएका युवा पनि आधुनिक कृषि कर्ममा आकर्षित हुन थालेका छन् । बाहिरको सीप र विकासलाई स्थानीय माटोसँग जोड्न युवाहरू आकर्षित हुन थालेको कृषि सहकारी महासंघका नेपालका राष्ट्रिय निर्देशक केदार कोइरालाले बताउनुभएको छ । 

आजभोली प्रबिधीको जमाना छ । कुनै पनि काम छिटो र द्रुत गतिमा गर्न सकिन्छ । सरकारको काम प्रति ढिलासुस्ती हुनु र देशमा भष्ट्राचारको जरा गाडिनु पनि मुख्य समस्या हो । युवा वर्गमा पनि कृषि भनेको खनजोत गर्ने मात्र हो भन्ने सोच परिवर्तन गर्नुपर्छ । देशमै केही उत्पादन गर्न सकेको खण्डमा कृषि बस्तुको आयातसगै आउने विषादीलाई पनि केही हदसम्म नियन्त्रण गर्न सकिन्छ । नेपालमा अहिले सम्म पनि पुराना प्रबिधि अपनाएर खेती गर्दै आएको देखिन्छ । आर्थिक समृद्धिको लागि युवाको ठूलो भुमिका रहेको छ । कृषिमा पनि केही गर्ने सकिन्छ भन्ने बिश्वास हुनुजरुरी छ ।

आधुनिक प्रबिधि, ज्ञान, सिप तथा मेसिन औजारको उपयोग गरी कृषि उत्पादन् र गुणस्तर बढाउने हेतुले गरिने कृषि नै आधुनिक कृषि प्रणाली हो । आधुनिक कृषि प्रणाली कृषि उपजको उत्पादन र गुणस्तर बढाई अधिकतम् आम्दानी लिन केन्द्रित रहेको हुन्छ । बिभिन्न हाइब्रिड जातको बिउविजनको प्रयोग गर्ने, रसायनिक मलको प्रयोग गरी बिरुवालाई प्रशस्त खाध्यतत्व पुर्याउने, रोगकिराको नियन्त्रणको लागि बिभिन्न रसायनिक बिषाधिको प्रयोग गर्ने, बाली रोप्न, गोड्न, काट्न, भित्रयाउन र जमिनको तयारी गर्न बिभिन्न मेसिनरी औजारको प्रयोग गर्ने जस्ता प्रबिधिहरु आधुनिक कृषि प्रणाली अन्तर्गत पर्दछ । साथै आधुनिक कृषि प्रणालीले उत्पादित कृषि उपजको ब्यवस्थित बजारीकरण, भण्डारण, निर्यात तथा सिचांइको लागि सरंचनाको निर्माणमा पनि ध्यान दिन जरुर रहेको छ । 

विज्ञान र प्रबिधिको प्रयोगले कृषि उत्पादन बढाउनु, तत्कालिन आवश्यकता पुरा गर्नु एकतर्फ राम्रो हो तर यसको दिर्घकालिन असरलाई वेवास्ता गर्न सकिदैन। बिभिन्न बिषादी, रसायनिक मलको अत्याधिक प्रयोग गर्नाले दिर्घकालिन रुपमा माटोको जीवहरुलाई हानि गरी माटोको उत्पादित क्षमता घटाउने, कृषि उपजमा बिषादीको जीवाशेष रहेर मानिस तथा जीवजनावरले त्यस्तो उपज सेवन गर्दा बिभिन्न किसिमको रोगहरु निम्त्याउने साथै हाम्रो वातावरणलाई नै दुषित पार्ने जस्तो समस्याहरु देखिन्छन। यसरी जमिनमा बस्ने जीवहरुलाई मात्र नभएर हामिले प्रयोग गरेको बिषादीले जमिनमुनिको पानीको मुहानलाई दुषित बनाई नजिकका खोलानाला र त्यहा बस्ने जीवहरुलाई पनि दिर्घकालिन रुपमा असर पुर्याउदछ । यस्तै वातावरणमा रहेका फलदायि सिकारु किराहरु, प्ररागसेचनमा मद्दत पुर्याउने किराहरुलाई पनि नष्ट गर्दछ । आधुनिक मेसिन, औजारको प्रयोग, बिभिन्न संरचनाहरुले देशको भौगोलिक बनावटलाई असर पुर्याई प्राकृतिक प्रकोप नै निम्त्याउन सक्ने सम्भावना पनि देखिन्छ ।

अतः के आधुनिक कृषि प्रबिधि नै नअपनाउन भन्ने प्रश्न आउन सक्ला समयले कोल्टो फेर्दै जादा नेपालमा पनि कृषिलाई नयाँ स्वरुप दिन, नयाँ परिवर्तन ल्याउन जरुरत छ । नेपालमा धेरैजसो किसानहरु सानो क्षेत्रफलमा कृषि गर्दै आइरहेका छन । भौगोलिक हिसाबले पनि नेपालमा प्रशस्त प्राकृतिक स्रोतसाधनहरु छन । आधुनिक प्रबिधिलाई आफ्नो स्थानिय वातावरण अनुसार ढाल दिएर वातावरणलाई कम असर हुने र उत्पादन पनि राम्रो हुने गरी कृषि गर्दा दिर्घकालिन रुपमा कृषिबाट फाइदा लिन सकिन्छ।

रोगकिराहरुको नियन्त्रणको लागि एकिकृत किट नियन्त्रण प्रबिधिको प्रयोग एक महत्वपूर्ण उदाहरण हो। यसमा रसायनको प्रयोगको साथसाथै भौतिक, जैविक वस्तुको पनि प्रयोग गरी रोगकिरा ब्यवस्थापन गरिन्छ। यस्तै कम्षोट मल, गाइबस्तुको मल, गड्यौले मलको प्रयोग बढाइ रसायनको प्रयोग घटाउन सकिन्छ। रैथाने जातका बिउविजनलाइ उत्पादन बढाउने उन्नत जात बनाउन तर्फ ध्यान दिन सकिन्छ। बाली संरक्षणको धारणालाई अपनाएर दिगोकृषिमा लाग्ने हो भने उत्पादन, गुणस्तर साथै वातावरण संरक्षण सबैलाइ समेटेर कृषि बिकास गर्न सकिन्छ । 

यसरी आधुनिक विग्यान, प्रविधिलाइ प्रयोग गरी स्थानिय सीप, ग्यान र स्रोतसाधनको सहि उपयोग हुन सक्ने गरी कृषि गर्न सम्पूर्ण नेपाली किसानहरु तथा नेपाल सरकारका सम्बन्धित निकायहरुले जोड दिई देश बिकासमा टेवा पुर्याउन जरुरी छ। 

विकसित तथा विकासशील दुवैखाले मुलुकको अर्थतन्त्रमा कृषि क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको छ । कृषि विश्वभर नै खाद्यान्न, रोजगारी र आयको स्रोत रही आएकोे पाइन्छ । 

कृषि आधुनिकतामा युवाका चौनौतीहरु 

नेपालमा आधुनिक कृषि प्रणालीमा पनि धेरै चुनौतीहरु तथा जोखिम रहेको छ । तत्कालिन कृषि उत्पादन र आम्दानीलाई मात्र नहेरेर दिर्घकालिन कृषि उपयोगलाइ मनन गर्ने हो भने आधुनिक कृषिले दिगोकृषिमा धेरै चुनौतीहरु रहेका छन् ।

परम्परागत कृषि प्रणाली  

नेपालमा अझै पनि परम्परागत कृषि प्रणालीलाई अवलम्बन गर्ने प्रचलन छ । समय अनुसार नयाँ प्रविधि तथा उन्नत बीउबिजनको प्रयोगमा नेपाली किसानहरूको पहुँच छैन । कृषिलाई हेय दृष्टिले हेर्ने तथा कृषि पेसामा लागेका मानिसप्रतिको दृष्टिकोण पनि नकारात्मक छ । सबैभन्दा दुःखको कुरा चाहिँ नयाँ पुस्ताका लागि कृषि आकर्षणको पेसा बन्न सकेको छैन । जबसम्म कृषिमा नयाँ पुस्ताको आकर्षण बढ्न सक्दैन तबसम्म परम्परागत शैलीले धानेको नेपाली कृषि शैलीलाई विकास गर्न ठुलै सङ्घर्ष गर्नुपर्ने देखिन्छ । कृषि औजारहरू महिलामैत्री छैनन् । कतिपय अवस्थामा सामाजिक तथा सांस्कृतिक रीतिरिवाजहरू पनि व्यावसायिक कृषिका बाधक बनेका छन् । साना तथा सीमान्त किसानसँग जग्गाजमिन छैन । कसै–कसैसँग थोरै जग्गा त छ तर त्यसले उनीहरूलाई पुगेको छैन । कृषिमा उत्साह र जाँगर भए पनि यस्तो वर्ग जग्गा भाडामा लिन सक्ने अवस्थामा छैन ।  

कृषिमा महिला सहभागिता

नेपालको जनगणना २०२१ अनुसार नेपालको कूल जनसङ्ख्या २९,१६४,५७८ रहेको छ । जसमा महिलाको सङ्ख्या तुलनात्मक रूपमा धेरै छ । महिलाको सङ्ख्या १४,९११,०२७ रहेको छ । कृषिमा महिलाको सहभागिता महत्त्वपूर्ण छ । ग्रामीण इलाकामा कृषि श्रमशक्तिको ठुलो हिस्सा महिलाले ओगटेका छन् । उनीहरू खेती, पशुपालन र खाद्य उत्पादनका प्रमुख जिम्मेवारीमा संलग्न छन् । महिलाको कृषि उत्पादनमा महत्त्वपूर्ण योगदान छ । वर्तमान परिस्थितिमा वैदेशिक रोजगारको सिलसिलामा घरमा पुरुषहरू बाहिर रहनुपर्ने अवस्था भएकाले घरको सम्पूर्ण जिम्मेवारी महिलाले लिनुपरेको छ । यसबाट कृषिकार्यमा महिलाको संलग्नता के–कस्तो छ भन्ने प्रस्ट हुन्छ । यति हुँदाहुँदै पनि उनीहरूको श्रमलाई औपचारिक रूपमा मान्यता दिइएको पाइँदैन । भूमि स्वामित्व, वित्तीय पहुँच, प्राविधिक तालिम जस्ता क्षेत्रमा अझै पनि महिलाको पहुँच सीमित छ । यसले उनीहरूको उत्पादनशील 

वर्तमान अवस्थामा देशमा रोजगारीको अवसर नहुँदा युवाहरू कामको खोजीमा वैदेशिक रोजगारीमा विदेशिने क्रम बढेको छ । युवाहरू विदेशिनाले कृषिको सम्पूर्ण जिम्मेवारी महिलाको काँधमा आएको छ । यसका अतिरिक्त कृषिमा आधुनिक औजारहरूको प्रयोग बढिरहेको छ । सबै कृषि औजार महिलामैत्री छैनन् । नेपालको वर्तमान सन्दर्भमा महिलाले धानेको आधुनिक कृषिमा महिलामैत्री कृषि औजार नभइदिँदा महिलाहरूले थप चुनौती बेहोर्नु परेको छ । 

अबको बाटो 

संसारको सबैभन्दा धनी होस् वा ठुलो पदमा आसीन होस् मानिसले कृषि उपज नै खाएर जीवनयापन गर्नुपर्छ । सुनकै थाल भए पनि त्यसमा कृषकको मिहिनेतका कारण उब्जिएको अन्न र फलपूmल राख्नुपर्छ । सीमान्तीकृत मानिसहरूको जीवनमा सुधार ल्याउनका लागि कृषि क्षेत्रमा सुधारका कार्य गरिनु आवश्यक छ । यस पेसालाई मर्यादित र सुरक्षित बनाउनु आजको आवश्यकता हो । कूल जनसङ्ख्यामध्ये ७० प्रतिशत हाराहारी कृषि पेसामा संलग्न रहेको वर्तमान अवस्थामा कृषिका नीति तथा कार्यक्रमहरू सीमान्तीकृत किसानको हितमा बन्न जरुरी छ । बदलिँदो परिस्थितिमा कृषि क्षेत्रमा भएका विविध चुनौतीहरूलाई सम्बोधन गर्दै व्यावसायिक कृषिलाई प्रवद्र्धन गर्नका लागि निम्नलिखित विषयमा ध्यान दिन आवश्यक छ ः 

 निर्वाहमुखी कृषिको व्यावसायिक रूपान्तरण 

निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउनका लागि विभिन्न पहल गर्न आवश्यक छ । सर्वप्रथम, कृषकलाई व्यावसायिक खेतीका लागि आवश्यक ज्ञान र प्रविधि हस्तान्तरण गर्न प्रशिक्षण कार्यक्रम आयोजना गर्नुपर्छ । आधुनिक उपकरण, सिँचाइ प्रणाली र जैविक प्रविधिहरूको प्रयोगले उत्पादनमा सुधार गर्न सकिन्छ । साथै सफल कृषकहरूको अनुभव आदान–प्रदानबाट उनीहरूको व्यावसायिक सोचाइको विकासमा मद्दत मिल्न सक्छ । उत्पादनलाई बजारसम्म पु¥याउन बजार व्यवस्थापन र मूल्य शृङ्खला विकासमा ध्यान दिन जरुरी छ । कृषकलाई सस्तो कर्जा, बिमा सुविधा, र वित्तीय साक्षरता उपलब्ध गराउँदा उनीहरूको आर्थिक जोखिम कम हुने र लगानीमा पनि सहजता हुन्छ । यसका साथै उत्पादन विविधीकरण र मूल्य अभिवृद्धिका लागि मौसम अनुकूल बालीको छनोट र प्रशोधन उद्योगको स्थापना गर्नुपर्छ । सहकारी तथा समूह खेतीले उत्पादन लागत कम गर्न र बजारमा प्रतिस्पर्धात्मक क्षमता बढाउन मद्दत पु¥याउँछ । जैविक कृषि प्रवद्र्धधन र दिगो स्रोतको प्रयोगले पर्यावरणीय सन्तुलन कायम राख्न मद्दत पु¥याउँछ । यसका साथै कृषकहरूलाई सङ्गठित गर्न सहकारी संस्थाको स्थापना तथा सरकारी, निजी, र गैरसरकारी संस्थाहरूबिचको सहकार्यमा प्राथमिकता दिनुपर्छ । व्यावसायिक कृषि प्रवद्र्धनका लागि प्रभावकारी नीति निर्माण गरी स्थानीय नेतृत्वको विकासमा ध्यान पु¥याउन सके यस विषयलाई अझै प्रभावकारी बनाउन सकिन्छ ।  

किसानको हितमा कानुन निर्माण 

किसानलाई उत्पादन, बजार व्यवस्थापन र वित्तीय सहयोग उपलब्ध गराउनका लागि लक्षित नीति निर्माण गर्नु जरुरी छ । सस्तो ब्याजदरमा कर्जा, कृषि बिमा र अनुदानको व्यवस्था गर्न सकिए आर्थिक जोखिम कम गरी उत्पादनमा लगानी प्रोत्साहित गर्न सकिन्छ । त्यसैगरी, किसानलाई उत्पादनको उचित मूल्य प्राप्तिको सुनिश्चितताका लागि समयमै समर्थन मूल्य तोक्नुपर्छ । बजारमा बिचौलिया संस्कृतिलाई निरुत्साहित गर्ने कानुन निर्माण गर्नु आवश्यक छ । जैविक खेतीलाई प्रोत्साहित गर्नका लागि प्रोत्साहन कार्यक्रम तथा रासायनिक मल र विषादीको नियमनका लागि स्पष्ट नीति निर्माण हुनु आवश्यक छ । कृषि शिक्षा र प्रविधिको पहुँच बढाउन अनुसन्धान तथा विकासलाई प्राथमिकता दिन जरुरी छ । किसानहरूलाई नयाँ प्रविधिको प्रयोग र प्राविधिक ज्ञान हस्तान्तरण गर्नका लागि तालिम तथा कृषि परामर्श सेवा प्रदान गर्ने नीति बनाउनु उत्तम हुन्छ । सामूहिक खेती, सहकारी प्रणाली र कृषक समूहको सुदृढीकरणका लागि कानुनी आधार निर्माण गर्नुपर्छ । यसले किसानलाई सहकार्यका माध्यमबाट लागत उठाउन र बजारमा प्रतिस्पर्धात्मक बनेर उत्रिन सहयोग पु¥याउँछ । 

व्यावसायिक कृषिमा क्षमता अभिवृद्धि

व्यावसायिक कृषिमा क्षमता अभिवृद्धि गर्नका लागि बहुआयामिक पहल आवश्यक हुन्छ । पहिलो कदमका रूपमा किसानलाई कृषि सम्बन्धी व्यावसायिक ज्ञान र सिप प्रदान गर्न प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्छ । आधुनिक प्रविधिको प्रयोग, नवीन खेती प्रणाली र जैविक प्रविधिको उपयोगबारे सचेतना फैलाउनुपर्छ । यसका साथै प्राविधिक परामर्श सेवा उपलब्ध गराई उत्पादन क्षमता बढाउने कार्यमा मद्दत गर्न सकिन्छ । सिँचाइ प्रणालीको सुधार, उन्नत बीउबिजनको प्रयोग, माटो परीक्षण जस्ता उपायहरू अपनाएर उत्पादकत्वमा वृद्धि ल्याउन सकिन्छ । वित्तीय साक्षरता बढाउने, सस्तो ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने र कृषिबिमा योजनालाई प्रोत्साहन गर्न सके किसानको आर्थिक जोखिम न्यूनीकरणमा मद्दत पुग्छ ।

बजार व्यवस्थापन पनि व्यावसायिक कृषिका लागि महत्त्वपूर्ण पक्ष हो । किसानलाई बजारसँग सीधा जोड्न सहकारी तथा समूह खेतीको अवधारणा अपनाउनु आवश्यक छ । मूल्य शृङ्खला व्यवस्थापन, उत्पादनको प्रशोधन, प्याकेजिङ जस्ता उपायहरूले उत्पादित वस्तुको उचित मूल्य खोज्न सकिन्छ । अनुसन्धान तथा विकासलाई प्राथमिकतामा राखेर कृषि क्षेत्रका लागि नयाँ प्रविधि र विधि विकास गर्नु जरुरी छ । कृषकहरूको पहुँच पुग्ने गरी डिजिटल प्लेटफर्म तथा मोबाइल एप्लिकेसनको प्रयोग गरी कृषि र बजार सम्बन्धी जानकारी उपलब्ध गराउन सकिन्छ । सामाजिक समावेशिता सुनिश्चित गर्न महिला र युवा कृषकलाई लक्षित गरी विशेष कार्यक्रम सञ्चालन गर्ने विषयमा ध्यान दिनुपर्छ । नेतृत्व विकास तथा सामूहिक पहलमा समावेश गरी उनीहरूलाई व्यावसायिक कृषि प्रक्रियामा योगदान दिन उत्प्रेरित गर्न सकिन्छ ।

कृषिमा उद्यमशीलता विकास 

नेपालको कृषिमा उद्यमशीलताको विकास गर्नका लागि योजनाबद्ध रूपमा दिगो उपाय अवलम्बन गर्न आवश्यक छ । सर्वप्रथम कृषकहरूलाई उद्यमशीलता सम्बन्धी सिप र ज्ञान प्रदान गर्न प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्छ । व्यावसायिक सोचको विकास गर्न आधुनिक कृषि प्रविधि, उत्पादन व्यवस्थापन र बजार अध्ययनका विषयमा तालिम दिनु आवश्यक छ । कृषिमा नवप्रवर्तन (क्ष्ललयखबतष्यल) लाई प्रोत्साहन गर्न अनुसन्धान तथा विकासलाई प्राथमिकतामा राख्नुपर्छ । उन्नत बीउबिजन, जैविक प्रविधि र माटो सुधारका उपायको प्रयोगलाई प्रवद्र्धन गरेर उत्पादनको गुणस्तर बढाउन सकिन्छ । कृषि सहजीकरणका निम्ति डिजिटल प्रविधिको प्रयोग गरी मोबाइल एप्स र डिजिटल प्लेटफर्महरूको विकास गर्न सकिन्छ । यसबाट प्रभावकारी रूपमा कृषिका लागि सहज वातावरण निर्माण गर्न सकिन्छ । उद्यमशीलता विकासका लागि वित्तीय पहुँचलाई सरल र सहज बनाउनुपर्छ । कम ब्याजदरमा कर्जा, कृषि अनुदान र बिमा योजनाको व्यवस्था गरी युवा कृषकलाई व्यवसायतर्फ आकर्षित गर्न सकिन्छ । उत्पादनको उचित मूल्य खोजी गर्नका लागि प्रशोधन उद्योग स्थापना गरी प्याकेजिङलाई प्रोत्साहन गर्न जरुरी छ ।

बजार व्यवस्थापन र ब्रान्डिङ उद्यमशीलताको मुख्य पक्ष हो । किसानका उत्पादनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन सहकारी प्रणाली, एग्रोटुरिजम, कृषि मेला जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखी अघि बढाउन सकिन्छ । मूल्य शृङ्खला व्यवस्थापन, कृषक र उपभोक्ताबिचको प्रत्यक्ष सम्पर्क, ‘फार्म–टु–टेबल’ अवधारणा जस्ता विधि, प्रविधि र प्रणाली कार्यान्वयन हुन सके बजारमा प्रतिस्पर्धाको वातावरण बन्ने सम्भावना रहन्छ । युवालाई उद्यमशीलतामा प्रेरित गर्न प्रोत्साहन कार्यक्रम, स्टार्टअप ग्रान्ट र नीति निर्माण कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । तसर्थ, महिला उद्यमशीलता प्रवद्र्धन गर्नका निमित्त विशेष योजना ल्याई यस दिशामा अनुकूल वातावरण निर्माण गर्न अब ढिलो गर्नु हुँदैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्