कक्षा १२ को नतिजा सार्वजनिक, ६१ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। सोमबार साँझ बसेको बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो ।
परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
परीक्षाकाे नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट हेर्न सकिन्छ । यस्तै, NEB Symbol No. टाइप गरी १६०० मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिने जनाइएकाे छ ।
यसका साथै आईभीआर नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने छ भने *१६०१# नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार पनि नतिजा प्राप्त गर्न सकिन्छ ।