कक्षा १२ को नतिजा सार्वजनिक हुँदै

काठमाडाैं । कक्षा १२ को नतिजा केहिबेरमा सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बैठक बसेर आजै नतिजा सार्वजनिक गर्ने निर्णय गरिसकेको छ।
बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार केहिबेरमा नतिजा प्रकाशन हुनेछ ।
बोर्डले गत २१ वैशाखदेखि परीक्षा सुरु गरेको थियो ।