बैंकिङ्ग निक्षेपमा सामान्य गिरावट देखिँदा कर्जा प्रवाहमा सुधार

काठमाडौं । पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेपमा २ अर्ब रुपैयाँको गिरावट देखिएको छ । केन्द्रीय बैंकको साउन १० र ११ गतेको तथ्यांकले बैंकिङ्ग निक्षेपमा २ अर्ब रुपैयाँको गिरावट देखिएको हो ।

साउन १० गतेसम्म बैंकिङ्ग प्रणालीमा ७२ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप रहेकोमा भोलिपल्ट घटेर ७२ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ। सो समयमा वाणिज्य बैंकहरुको निक्षेप पनि २ अर्ब रुपैयाँले नै घट्दै ६४ खर्ब ७० अर्ब रुपैयाँमा खुम्चिएको छ ।

समीक्षा अवधिमा कर्जा लगानी भने ३ खर्ब रुपैयाँले नै बढेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार सो अवधिमा सिडी रेसियो ७५ दशमलव ९८ र अन्तर बैंक ब्याजदर २ दशमलव ७५ प्रतिशत रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्