दक्षिण एसियाली युवा नेताहरु काठमाडौंमा जमघट हुने

काठमाडौं । नेपाल जेसिजको आयोजनामा पहिलो पटक दक्षिण एसियाली युवा नेताहरुको काठमाडौंमा ऐतिहासिक जमघट हुने भएको छ । साउथ एसियन एकेडेमी फर इन्टरनेशनल लिडरशिप (साआईल नेपाल, २०२५) कार्यक्रममा भाग लिन दक्षिण एसियाली मुलुकका युवा नेताहरु नेपाल आउने भएका हुन् । 

यहीँ जुलाई ३१ देखि अगस्ट ३ सम्म काठमाडौंको ठमेल स्थित अलफ्ट होटलमा कार्यक्रमको आयोजना गरिने आयोजक नेपाल जेसिजले जानकारी दिएको छ । कार्यक्रममा दक्षिण एसियाली देशहरु नेपाल, भारत, बंगलादेश र श्रीलंकाका युवा नेताहरु सहभागि हुनेछन् भने उनीहरुबीच क्षमता अभिवृद्धि, क्षेत्रीय सहकार्य र अन्तरसांस्कृतिक समझदारीलाई बलियो बनाउने उद्देश्यसाथ वृहत् छलफल तथा अन्तरक्रिया गरिने आयोजकले जनाएको छ । 

कार्यक्रमको नेतृत्व पूर्व राष्ट्रिय अध्यक्ष–२००१ तथा जेसिज सिनेटर प्रज्ञा राज राजभण्डारीले कार्यक्रम निर्देशकको भूमिकामा गर्नेछन् भने अध्यक्षता नेपाल जेसिजकी वर्तमान राष्ट्रिय अध्यक्ष रजनी थापाले गर्ने छिन् । 
कार्यक्रमका मुख्य आकर्षणहरु–नेतृत्व विकास सत्रहरु–उद्यमशीलता र परियोजना व्यवस्थापन सम्बन्धी कार्यशालाहरु–अन्तरसंस्कृतिक आदानप्रदान, संस्कृति र पहिचानको सम्मान–विश्व सम्पदास्थलहरुको भ्रमण तथा पर्यटन प्रवद्र्धन जेसिज इन बिजनेश विशेष सत्र, श्रीलंकाका राजदूतावास तथा महामहिम राजदूत पूर्ण बहादुर नेपालीको आतिथ्यमा साआइल–२०२५ एसपीएससी २०२५ (मंगोलिया) मा सम्पन्न चार राष्ट्रबीचको समझादारी अनुरुपको पहिलो कार्यक्रम होजसले दक्षिण एसियाली युवाहरुबीच दीर्घकालीन नेटवर्किङसाझेदारीको मार्ग खोल्ने विश्वास गरिएको छ । 


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्