एक बर्षमा २० खर्ब बढीको वैदेशिक व्यापार, निर्यात ८१ प्रतिशतले बढे पनि व्यापार घाटा १५ खर्ब नाघ्यो

फाइल तस्बिर

काठमाडौँ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालको कुल वैदेशिक व्यापार २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १९.२४ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष १७ खर्ब ४५ अर्ब ३६ करोड रुपैयाँ बराबरको व्यापार भएको थियो।

गत वर्षको तुलनामा आयात १३।२५ प्रतिशतले बढेको छ भने निर्यातमा ८१.८० प्रतिशतको उच्च वृद्धि देखिएको छ। २०८१/८२ मा १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ भने निर्यात २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष आयात १५ खर्ब ९२ अर्ब ९८ करोड र निर्यात १ खर्ब ५२ अर्ब ३८ करोड थियो।

व्यापार घाटा १५ खर्ब नाघ्यो 

निर्यातमा उल्लेखनीय वृद्धि भए पनि नेपालले अझै पनि ठूलो व्यापार घाटा व्यहोर्नुपरेको छ। यद्यपि, यस वर्ष निर्यातमा उल्लेखनीय वृद्धि भए भएकाले व्यापार घाटा भने ठूलो अनुपातमा नबढेको भन्सार विभागले जनाएको छ। 

विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा व्यापार घाटा १५ खर्ब २७ अर्ब ९ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा मात्र ६ प्रतिशतले वृद्धि हो। अघिल्लो आव २०८०/८१ मा व्यापार घाटा १४ खर्ब ४० अर्ब रुपैयाँ थियो। निर्यातमा आएको बृद्धिले घाटा नियन्त्रणमा टेवा पुर्याएको देखिन्छ। 

कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा पनि उल्लेखनीय रूपमा बढेको छ। २०८०र८१ मा निर्यातको हिस्सा ८.७३ प्रतिशत मात्र रहेकामा चालु वर्षमा यो बढेर १३।३१ प्रतिशतमा पुगेको छ। उता आयातको हिस्सा ९१.२७ प्रतिशतबाट घटेर ८६.६९ प्रतिशतमा झरेको छ।

सोयाबिन र सूर्यमुखी तेल सबैभन्दा निर्यात

निर्यात विवरण हेर्दा नेपालबाट निर्यात हुने प्रमुख वस्तुहरूमा सोयाबिन र सूर्यमुखी तेल अग्रपंक्तिमा छन्, जुन अधिकांश आयात गरेर पुनः भारत निर्यात गरिन्छ। वनस्पति तेल निर्यात १ खर्ब २२ अर्ब भए पनि त्यसको आयात १ खर्ब ५६ अर्ब १४ करोड पुगेको छ। 

यसवर्ष १ खर्ब ६ अर्ब बराबरको सोयाबिन तेल र १२ अर्ब ३२ करोड बराबरको सूर्यमुखी तेल निर्यात भएको छ। यस्तै, कार्पेट ९१० अर्ब ७७ करोड०, अलैँची ९७ अर्ब ६८ करोड०, जुट ९५ अर्ब ६९ करोड०, र यार्न ९५ अर्ब ६५ करोड० पनि निर्यात सूचीमा उल्लेखनीय छन्।

इन्धन खरिदमा सबैभन्दा बढी रकम बाहिरियो

आयाततर्फ हेर्दा निर्माण, उद्योग, सवारीसाधन र इन्धनसम्बन्धी वस्तुहरूको हिस्सा ठूलो छ। विशेषतः इन्धनमा मात्रै ३ खर्ब २६ अर्ब १४ करोड बराबरको आयात भएको छ। डिजेल ९१ खर्ब २८ अर्ब०, पेट्रोल ९६४ अर्ब, खाना पकाउने ग्यास ९६२ अर्ब०, र हवाई इन्धन ९१८ अर्ब प्रमुख आयात वस्तु हुन्।

इन्धन आयातबाट सरकारले १ खर्ब २९ अर्ब ४३ करोड बराबरको राजस्व सङ्कलन गरेको छ।यस्तै, सवारीसाधन र पार्टपुर्जाको आयातमा पनि १ खर्ब ९ अर्ब १२ करोडभन्दा बढी खर्च गरिएको छ। यसको राजस्व योगदान ८० अर्ब ६४ करोड रुपैयाँ बराबर रहेको छ। 

भारत र चीन प्रमुख व्यापारिक साझेदार 

नेपालको व्यापार १६३ भन्दा बढी मुलुकसँग हुने गरेकोमा भारत र चीन प्रमुख साझेदार हुन्। भारतबाट १० खर्ब ७१ अर्ब १९ करोडको आयात र २ खर्ब २४ अर्ब ६८ करोडको निर्यात भएको छ। भारतसँगको व्यापार घाटा मात्रै ८ खर्ब ४६ अर्ब पुगेको छ। चीनबाट ३ खर्ब ४१ अर्बको वस्तु आयात भएको छ भने निर्यात २ अर्ब ६३ करोडमा सीमित छ।

तेस्रो ठूला व्यापारिक साझेदार मुलुक अर्जेन्टिनाबाट ९९ अर्ब ३० करोडको आयात भएको छ तर निर्यात भन् ३३ लाख ५५ हजार रुपैयाँको मात्रै भएको देखिन्छ। अमेरिकाबाट २५ अर्ब ९६ करोडको आयात र १८ अर्ब ३२ करोडको निर्यात भएको छ, जसले तुलनात्मक रूपमा व्यापार घाटा न्यून देखाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्