मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेलले व्यक्तिलाई घर किन्न दिइने कर्जाको अधिकतम सीमा ३ करोड पुर्याएका छन् । पहिलो पटक घर किन्नेलाई मूल्यांकनको ८० प्रतिशतसम्म कर्जा दिइने भएको छ घरजग्गा खरिदमा दिइने कर्जाको सीमा पनि ५० प्रतिशतबाट बढाएर ७० प्रतिशत पुर्याइएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको विद्यमान एकल ग्राहक कर्जालाई १५ करोडबाट बढाइ २५ करोड रुपैयाँ पुर्याइने मौद्रिक नीतिमा उल्लेख छ ।
आर्थिक वर्ष २०८२/८३ मा ५.० प्रतिशतको हाराहारीमा मुद्रास्फीति र कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति कायम गर्दै नेपाल सरकारको बजेट वक्तव्यमा उल्लेख भएबमोजिम ६.० प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न मौद्रिक तरलता र विदेशी विनिमय व्यवस्थापन गरिने उल्लेख गरिएको छ ।
हेर्नुहोस् पूर्ण पाठः