बुढानीलकण्ठको गौरव र प्रतिष्ठाको प्रतिक लोयल्टी एकेडेमी स्कुलको एसईइमा शतप्रतिशत नतिजा

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ९ मा रहेको लोयल्टी एकेडेमी स्कुलले एसइई परीक्षामा शत प्रतिशत नतिजा ल्याउन सफल भएको छ। १७ औं ब्याचमा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले सोमबार आयोजना गरेको दिक्षान्त समारोह तथा सम्मान कार्यक्रममा समाहरोका प्रमुख अतिथि नगर प्रमुख अधिकारीले बुढानिलकण्ठ नगरपालिका नगर प्रमुख मिठाराम अधिकारीले बुढानीलकण्ठ नगरपालिकामा लोयल्टी एकेडेमी गौरव र प्रतिष्ठाको प्रतिककारुपमा रहेको बताउनुभएको छ ।

उत्तीर्ण सबै विद्यार्थीहरुलाई बधाई दिदैँ लोयल्टी पालिकाभित्र मात्रै नभएर देशकै उदाहरणीय बन्दै गएकोमा विद्यालयलाई धन्यवादसमेत दिनुभएएको हो । 

लोयल्टी एकेडेमी हरेक वर्ष अब्बल र उत्कृष्ठ सावित गर्दै आएको र व्यवहारिक शिक्षामा पनि जोड दिदै आएकोमा आफू धेरै खुसि भएको बताउनुभएको हो । “विजय जीले यो अवस्थासम्म ल्याउन कठिन संघर्ष गर्नुभएको विगतमा आज सतप्रतिशत विद्यार्थी उत्तिर्ण मात्रै हैन, प्रत्येक बाबुनानी तथा अभिभावकको सपना साकार बनाउनुभएको छ, अझै सफलताका शिखर पुग्नको लागि शुभकामना व्यक्तगर्नुभएको छ । ”

हरेक विद्यार्थीको लक्ष्य स्वदेशमै बसेर भविष्य खोज्ने भन्दा पनि विदेश जाने किसिमको मनोविज्ञानलाई तोडन जरुरी रहेको र आफ्नो नगरपालिकाले त्यसको अभ्यास गरिरहेको उहाँको भनाइ रहेको थियो ।

लोयल्टी एकेडेमी विद्यालयका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फेले राम्रो नतिजा ल्याएर विद्यालयको इज्जत बढाएको भन्दै एसईई उत्तीर्ण सबै विद्यार्थीहरुलाई बधाई दिदै उज्ज्वल भविष्यको शुभकामना दिनुभयो । सम्बाहाम्फेले विद्यालयको गुणष्तरलाई कायम गर्न दिनरात नभनि काम गर्ने शिक्षक तथा कर्मचारी तथा हौशला दिने अभिभावकलाई पनि धन्यवाद दिनुभयो ।

सम्बाहाम्फेले भन्नुभयो कक्षा ११ र १२ हरेक विद्यार्थीका लागि महत्वपूर्ण मोड हो । यस प्राज्ञिक मोडमा आइपुगेपछि विद्यार्थीहरुले बढी नै मिहेनत र तयारी गर्नु जरुरी हुन्छ, वास्तवमा माध्यमिक तहको यो अन्तिम मोड भनेको शैक्षिक खुड्किलो उक्लने आधार शिविर नै हो । यहाँ विद्यार्थीहहरुले गर्ने तयारी, अभ्यासले नै लक्षित चुचुरोमा पुग्ने वा नपुग्ने भन्ने मोटामोटी आधार तय गर्छ । यहि आधारलाई बलियो बनाउन लोयल्टी एकेडेमीले यसै वर्षदेखि राम्रा ‘प्लस टु’ को खोजीमा रहेका विद्यार्थी र अभिभावकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले हामीले विज्ञान र व्यवस्थापनसहित कानुन संकायको पनि सुरुवात गरेका छौं तपाईँ र तपाईका अभिभावकको सपना पुरा गर्न हामी दिनरात खटिरहेका छौँ लोयल्टीलाई अझ धेरै जिम्मेवार बनाउने हाम्रो प्रयास जारी रहेको बताउनुभएको छ । 

विद्यालयका प्रिन्सिपल विरेन्द्र कुरुम्बाङले विद्यार्थीहरुले अथक मेहनत गरेर उत्कृष्ठ नतिजा ल्याउन सफल भएकोमा हर्षित भएको बताउनुभयो । १७औं ब्याचमा लोयल्टीबाट ७६ जनाले परिक्षा दिएकोमा सतप्रतिशत नै उत्तीर्ण भएको बताउँदै उहाँले भन्नुभयो,“यो समय हाम्रो लागि निकै नै खुसिको समय हो ४७ जनाले ए प्लस, २७ जनाले ए र एक जनाले बी प्लस ल्याएर उत्तीर्ण भएका छन्, आगामी दिनमा पनि राम्रो नतिजाको अपेक्षा गर्दछौं उहाँले भन्नुभयो।”

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई बधाइ तथा शुभकामना व्यक्त गर्दै अहोरात्र मेहनत गर्ने शिक्षक,कर्मचारी,अभिभावक र शुभचिन्तकप्रति आभार व्यक्त गर्नुभयो । अहिलेसम्म लोयल्टी एकेडीमीले विद्यार्थी तथा अभिभावकलाई सन्तोषजनक नतिजा दिएको छ  ।

प्रिन्सिपल कुरुम्बाङले कक्षा १० मात्रै नभएर प्लस टुसम्म पनि पढाई हुने भएकाले त्यो उच्च शिक्षालाई पनि राम्रो बनाउने प्रयासमा लागेको बताउँदै भन्नुभयो, “यहाँ विज्ञान र व्यवस्थापनसहित यस वर्षदेखि कानुन संकायको पनि सुरुवात गरेका छौं सबैलाई स्वागत छ ।”

    


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्