१० महिनामा वाणिज्य बैंकहरुले गरे १४ खर्ब ७० अर्ब रुपैयाँको अन्तर बैंक कारोबार

काठमाडौं । एक बैंकले अर्को बैंक तथा वित्तीय संस्थासँग गर्ने कारोबार (अन्तर बैंक कारोबार) मा गिरावट देखिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पछिल्लो १० महिना (वैशाखसम्म) वाणिज्य बैंकहरूले १४ खर्ब ७० अर्ब ८६ करोड रुपैयाँको अन्तर–बैंक कारोबार कारोबार गरेका छन् ।

पछिल्लो १० महिना (वैशाख)सम्म वाणिज्य बैंकहरुले १४ खर्ब ७० अर्ब ८६ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को १४ खर्ब ९ अर्ब ६८ करोड गरी कुल १६ खर्ब २० अर्ब ५४ करोडको अन्तर–बैंक कारोबार भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको ३४ खर्ब ७७ अर्ब ४ करोड र अन्य वित्तीय संस्थाहरुको ३४४ अर्ब ५ करोड गरी कुल ३,८ खर्ब २१ अर्ब ९ करोड रूपैयाँको अन्तर बैंक कारोबार भएको थियाे ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्