ऋण सहजीकरण गर्ने भन्दै घुस लिने नेपाल बैकका तत्कालीन अध्यक्ष अधिकारीविरुद्ध मुद्धा दायर

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैक लिमिटेडको संचालक समितिका तत्कालीन अध्यक्ष डा।चन्द्र बहादुर अधिकारीसहित विभिन्न व्यक्तिविरुद्ध नेपाल बैक लिमिटेडबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिने भन्दै घुस लिएको आरोपमा मुद्धा दायर गरेको छ ।

अख्तियारले रुपन्देही सिद्धार्थनगर(१ बेलहियामा रहेको भुसाल हस्पिटालिटी अन्तर्गतको र्याडिसन प्रोजेक्टका लागि ऋण प्रकृयामा सहजीकरण गरिदिने भन्दै १९ लाख रकम लिएको आरोपमा मुद्धा दायर गरेको छ । अख्तियारले यस प्रकरणमा नेपाल बैक लिमिटेडको तत्कालीन अध्यक्ष धिकारी लक्की भन्ने खुस नसिब अन्सारी, अमृत भुसाल, अंकित भुसाल र बालकृष्ण भुसालविरुद्ध विशेष अदालत काठमाडौँमा अरोप पत्र दायर गरेको जनाएको छ ।

त्यसैगरी अख्तियारले नेपाल बैक लिमिटेडको संचालक समितिका तत्कालीन अध्यक्ष अधिकारीसहित नारायण प्रसाद बराल, दान बहादुर कार्की, सुन्दर बहादुर बाँनिया, सन्तोष सुवेदी, लक्की खान भन्ने खुस नसिब अन्सारीविरुद्ध अर्को मुद्धा दायर गरेको छ । अख्तियारले तनहुँ आबुँखेरेनी (१ मा रहेको अकला देबी ट्रेडर्शले लिन खोजेको ऋण प्रक्रियामा सहयोग गर्ने भन्दै ५० लाख घुस लिएको आरोपमा मुद्धा दायर गरेको जनाएको छ । 

त्यसैगरी अख्तियारले ख्तियारले नेपाल बैक लिमिटेडको संचालक समितिका तत्कालीन अध्यक्ष अधिकारी र रमेश आचार्यविरुद्ध हिमाल तराई कन्सट्रक्सनबाट ऋण सहजीकरण गर्ने भन्दै ५ लाख घुस लिएको आरोपमा मुद्धा दायर गरेको जनाएको छ ।    


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्