प्रभु महालक्ष्मी लाइफको ८ औं वार्षिक साधारण सभा सम्पन्न, ८.४२१५ लाभांश पारित

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको ८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  कम्पनीको उक्त सभा जेष्ठ २६ गते सोमबार कम्पनीकी अध्यक्ष शिक्षा भट्टचनको अध्यक्षतामा सम्पन्न भएको छ । काठमाडौंमा सम्पन्न सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८०र८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।  

सभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०८०/८१ का लागि ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बोनस शेयर वितरणसँगै नियमकारी निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम तोकिएको न्यूनतम चुक्तापूँजी पुग्नेछ । सभाले आर्थिक वर्ष २०८०र८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्