देशको आर्थिक गतिविधिलाई चलायमान बनाउन बैंकहरु सधैँ तयार छन् : सीईओ ज्ञवाली

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार ज्ञवालीले ‘देशको आर्थिक गतिविधिलाई चलायमान बनाउन बैंकहरु सधैँ तयार रहेको बताउनुभएको छ ।  ज्ञवालीले ‘नेशनल बैंकिङ्ग डिस्कोर्श, २०२५’ को पहिलो सत्र ‘नेपालमा कर्जा बिस्तारको चुनौतीस् लक्षित उपायहरूको प्रयोग, क्षेत्रगत अनुकूलन र अन्य सम्भावनाहरू’ शीर्षकमा छलफल गर्दै सो बताउनुभएको हो ।

उहाँले नबिल बैंक सबै नेपाली नागरिकहरूको लागि सेवा दिने बैंक र विभिन्न जिल्लामा शाखा विस्तार भैसकेको बताउनुभयो । ‘पहिला कर्पोरेट क्षेत्रमा मात्र लक्षित बैंक आज सबैको लागि सेवा दिइरहेको छ । बैंकहरुको लगानीको क्षेत्र हेर्ने हो भने लगभग १८ प्रतिशत जति छ उपभोगमा ‘लोन’मा जान्छ, घरजग्गामा पनि ८ प्रतिशत जान्छ । कृषि कर्जामा पनि राम्रै गइरहेको हुन्छ, यसमा सदुपयोग के भइरहेको छ भन्ने कुरामा ध्यान दिन आवश्यक छ’, उहाँले भन्नुभयो ।

बैंकहरुले सबै क्षेत्र हेरेर कर्जा प्रवाह गरिरहेका हुन्छन् । राज्यलाई सहायता पुग्ने गरि केमा काम गरेऊ भन्ने प्रश्न आउने खण्डमा हाइड्रो पावरको क्षेत्रको लगानीमा नबिल बैंक सधैँ अग्रस्थानमा रहेको उहाँले उल्लेख गर्नुभयो । बैंकिङ्ग क्षेत्रको सो क्षेत्रमा पोर्टफोलियो ८ प्रतिशत छ भने नबिल बैंकको इनर्जी सेक्टरमा पोर्टफोलियो १० प्रतिशत हाराहारी पुग्न लागेको उहाँले बताउनुभयो । नबिल बैंकले ३८ अर्ब उज्यालो बनाउनेमा गरेको छ भने पर्यटन, होटलहरुमा पनि नबिल बैंकको राम्रो लगानी छ ।

उहाँले भन्नुभयो ‘तसर्थ बैंकहरुलाई राम्रोसँग थाहा छ बैंकले गरेको लगानीको प्रतिफल वा यसको फाइदा के हो थाहा हुन्छ। बैंकले दिएको कर्जाले जीडीपीलाई योगदान गरेन उपभोगमा ‘फाइनसिङ्ग’ गर्यौ या अन्य क्षेत्रमा गर्यौ यसमा बैंकहरु मात्र दोषी छैन । राज्यको आर्थिक गतिविधिमा अवश्य बैंकको भूमिका हुनुपर्छ तर बैंकहरुले पनि भूल्नु हुँदैन ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्