मुम्बईलाई हराउँदै पञ्जाब फाइनलमा, उपाधिका लागि बेंग्लुरूसँग खेल्ने

काठमाडौँ । पञ्जाब किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनल पुगेको छ।

गएराति भएको दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई हराउँदै पञ्जाबले फाइनलमा स्थान पक्का गरेको हो।

अहमदावादमा मुम्बईले दिएको २०४ रनको लक्ष्य पञ्जाबले ५ विकेट गुमाएर ६ बल बाँकी छँदै पूरा गर्‍यो।

पञ्जाबका लागि कप्तान श्रीयास ऐयरले नट आउट ८७ रन बनाए। उनले ४१ बलमा ५ चौका र ८ छक्का हाने।

त्यस्तै नेहाल वाधेराले २९ बलमा ४ चौका र २ छक्का प्रहार गरी ४८ रन बनाए। जोश इंग्लिसले २१ बलमा ५ चौका र २ छक्का प्रहार गरी ३८ रन जोडे। ओपनर प्रियान्स आर्याले १० बल खेलेर २० रनको योगदान गरे।

बलिङतर्फ मुम्बईका अश्वानी कुमारले २ तथा ट्रेन्ट बोल्ट र हार्दिक पाण्ड्याले १/१ विकेट लिए।

पहिले ब्याटिङ गरेको मुम्बईले ६ विकेट गुमाएर २०३ रन बनाएको थियो।

त्यस क्रममा सूर्यकुमार यादवले सर्वाधिक ४४ रन बनाए।

जोनी बैरस्टोले ३८, नमन धिरले ३७, कप्तान हार्दिक पाण्ड्याले १५ रन जोडे। रोहित शर्मा ८ रनमै आउट भएका थिए।

बलिङतर्फ पञ्जाबका अज्मतउल्लाह ओमरजईले २ तथा केइल जेमिसन, मार्कस स्टोइनिस, विजयकुमार विशक र युजवेन्द्र चाहलले एक/एक विकेट लिए।

अब पञ्जाबले उपाधिका लागि रोयल च्यालेन्जर्स बेंग्लुरूसँग खेल्नेछ।यसअघि पहिलो क्वालिफाइयरमा पञ्जाब बेंग्लुरूसँगै पराजित भएको थियो। फाइनल खेल मंगलबार ७:४५ बजे हुनेछ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्