४ अर्ब ९० करोड रुपैयाँ अपचलन गरेको आरोप, कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ

काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् ।

उनलाई भारतिय भुमिबाट पक्राउ गरिएको बुझिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)का अनुसार उनलाई म्याद थपका लागि बाँके लगिँदै छ ।

रायमाथि ४ अर्ब ९० करोड रुपैयाँ अपचलन गरेको आरोप छ । बैंकमा भएको अपचलनको अनुसन्धान प्रक्रिया अघि बढेपछि उनी फरार भएका थिए ।

हाल कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमा छ । बाँके घर भएका राय २०७६ देखि २०७९सम्म बैंकको सीईओका रुपमा कार्यरत थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्