बजेटले अटोमोबाईल क्षेत्रको वर्षौंदेखिको माग र आवाजलाई समेटेको छ : नाडा

काठमाडौं । नाडा अटोमोबाईलल्स एशोसिएशन अफ नेपालले आगामी आर्थिक बर्ष २०८२र०८३ को बजेट अटोमोबाईल मैत्री आएको प्रतिक्रिया दिएको छ । बजेटबारे शुक्रबार एक वक्तव्य जारी गर्दै नाडाले यस्तो धारण व्यक्त गरेको हो ।
नेपालको अटोमोबाईल व्यवसायलाई गतिशील एवं चलायमान बनाउन नाडाले विभिन्न मितिमा नेपाल सरकारको मन्त्रालय एवं विभागहरुमा विभिन्न नीतिगत सुझावहरु एवं सल्लाहहरु दिएको थियो । उक्त्र सुझावहरुलाई मननगरी अटोमोबाईल मैत्री बजेट ल्याइएको नाडाको भनाई छ ।
नाडाका अनुसार यस बजेटले नेपालको अटोमोबाईल क्षेत्रको वर्षौं देखिको माग र आवाजलाई समेटेको छ । ुयो बजेट व्यवसाय मैत्री रहेको र यस बजेटले उद्यमी र व्यवसायीहरुलाई प्रोत्साहित मात्र गरेको छैन अपितु यसले नेपालको अर्थतन्त्रलाई समेत चलायमान बनाउने छ भन्ने गहिरो आशा राख्दै अव हामीले आउदो मौद्रिक नीति समेत यसै अनुरूप आउने अपेक्षा समेत राखेका छ ।’ नाडाले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख छ ।