६ प्रतिशतको आर्थिक वृद्धि हुने गरी बजेट आएको छ, कार्यान्वयन हुन्छ अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट ६ प्रतिशतको आर्थिक वृद्धिदर हुने बताउनुभएको छ ।

मन्त्री पौडेलले बजेट कार्यान्वयन सकारात्मक हुने विश्वास व्यक्त गर्दै राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न थोरै मेहनत आवश्यक रहेको साना योजनामा बजेट लोड गर्दाको समस्या समाधान गरेको र निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बजेट ल्याएको जानकारी दिनुभयो।

शनिबार नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको छ । 

उहाँले सरकारले ल्याएको बजेट सकारात्मक रहेको प्रक्रिया आएकाले बजेटको कार्यान्वयन पनि सकारात्मक रूपमा हुने विश्वास गर्न आग्रह गर्नुभयो ।  ७.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको विगत भएकाले ६ प्रतिशतको वृद्धिदर हासिल सम्भव रहेको उहाँको भनाइ छ ।

अर्थमन्त्री पौडेलले, ‘ बजेट निर्माणका सिद्धान्तलाई अनुसरण गरेर निर्माण गरिएको छ । सीमा पालना गरेर बजेट आएको छ । स्रोत व्यवस्थापन गरेर नै बजेट निर्माण गरिएको छ । राजस्वको अनुमान आगामी आर्थिक वर्षमा लक्ष्य हासिल हुने विश्वास छ । आर्थिक वर्ष सकिँदै गर्दा प्रश्न गर्न सक्ने अवस्था आउन दिइने छैन ।’

अर्थमन्त्री पौडेलले लक्ष्य अनुसारको राजश्व सङ्कलनको लागि थोरै मेहनत गर्न आवश्यक रहेको बताए । उनले  भने, ‘ काम नगरेको अवस्थामा हासिल गर्न सकिदैन। काम गरिएको अवस्थामा लक्ष्य हासिल गर्न सकिन्छ ।’ 

उहाँले सार्वजनिक ऋण कति पुग्यो भनेर हिसाब गरेर बस्ने भन्दा पनि साँवा ब्याज तिर्नका लागि पुग्ने ऋण लिने गरी बजेट आएको बताउनुभयो । स्रोतको विषयमा चिन्ता नगर्नका लागि सबैलाई अर्थमन्त्रीले आग्रह गर्नुभयो । 

अर्थमन्त्री पौडेलले आर्थिक विज्ञहरूबाट सकारात्मक सुझाव आएकाले आफू उत्साहित भएको बताउनुभयो ।  खर्च गर्नु पर्ने क्षेत्र पनि देखाउने र खर्च बढाएको भन्ने कुरा आफैमा नमिल्दो रहेको उहाँको भनाई छ । स्रोत परिचालन गर्न सकिने किसिमको बजेट आएको उहाँले बताउनुभयो । 

अर्थमन्त्री पौडेलले साना–साना योजनामा बजेट लोड गरेर समस्या भइरहेको अवस्थामा बजेटले त्यसलाई समाधान गरेको बताउनुभयो । स्रोतलाई दुरुपयोग  गर्न दिन नहुने भन्दै उहाँले खुद्रा योजनामा बजेट होसियार रहेको उल्लेख गर्नु ।

गत आर्थिक वर्षको र चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर र मुद्रास्फिर्तिलाई लिएर आधार बनाएको उनले बताए । सरकारले गर्नु पर्ने काम सबै गर्छ भन्ने बजेटले निजी क्षेत्रलाई सन्देश दिएको बताउनुभयो । उहाँले निजी क्षेत्रका सबै विधाका लागि काम गरिरहेको अवस्था रहेको उल्लेख गनुभयो । 

अर्थमन्त्री पौडेलले निजी क्षेत्रलाई अघि बढाउनका लागि सरकार सधैँ तयार रहेको जिकिर गर्नु । निर्माण क्षेत्रका समस्याका विषयमा पनि सरकारले समाधानका लागि काम गरेको उनको भनाइ छ । ऐन कानुनमा गर्नु पर्ने संशोधनका लागि पनि सरकार तयार रहेको जानकारी दिनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्