गभर्नर नियुक्तिमा सरकारले चलखेल गरिरहेको छस् प्रचण्ड

फाइल तस्बिर

सुदुरपश्मि, बैतडी जेठ ३ गते । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले गभर्नर नियुक्तिमा अनेक चलखेल र प्रपञ्च गरिरहेको आरोप लगाउनुभएको छ।

जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियान उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले गभर्नर तुरुन्तै नियुक्ति गर्नुपर्ने पद भएपनि सरकार चलखेल र प्रपञ्चमा लागेको आरोप लगाउनुभयो ।

‘गभर्नर तुरुन्तै हुनुपर्ने पद हो विडम्बना अहिलेसम्म नियुक्ति गर्न सक्नुभएको छैन । त्यसमा अनेक चलखेल र प्रपञ्च भइरहेका छन् । यो सबै कारणले यो सरकार गलत दिशातिर गइरहेको बताउनुभयो 

आफूहरुले चुनौतीका साथ सरकारलाई खबरदारी गरिरहेको उहाँको भनाइ थियो । आफू नेतृत्वको सरकारलाई षड्यन्त्रबाट हटाएको उहाँको आरोप लगाउनुभयो । कांग्रेस एमाले नेतृत्वको गठबन्धन सरकारले धेरै भ्रष्टाचारको संरक्षण मात्रै होइन, अझै भ्रष्टाचारमा अघि बढिरहेको आरोप लगाउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्