SAAIL–नेपाल २०२५ दक्षिण एसियाली युवा नेताहरूको काठमाडौंमा ऐतिहासिक जमघट हुँदै

काठमाडौं। नेपाल जेसिज (JCI Nepal) को आयोजनामा पहिलोपटक “South-Asian Academy for International Leadership (SAAIL – नेपाल २०२५)” कार्यक्रम यही जुलाई ३१ देखि अगस्ट ३, २०२५ सम्म काठमाडौंस्थित Aloft Kathmandu Thamel होटलमा भव्य रूपमा सम्पन्न हुने भएको छ।
कार्यक्रम दक्षिण एसियाली देशहरू —नेपाल, भारत, बंगलादेश र श्रीलंकाका युवा नेताहरूबीच नेतृत्व क्षमता अभिवृद्धि, क्षेत्रीय सहकार्य, र अन्तरसंस्कृतिक समझदारीलाई बलियो बनाउने उद्देश्यले आयोजना हुन लागेको हो।
कार्यक्रमको नेतृत्व पूर्व राष्ट्रिय अध्यक्ष तथा JCI सिनेटोर प्रज्ञा राज राजभण्डारी द्वारा गरिँदैछ भने JCI नेपालकी वर्तमान राष्ट्रिय अध्यक्ष रजनी थापाको अध्यक्षतामा यो ऐतिहासिक आयोजना सम्पन्न हुने कार्यक्रम रहेको जनाएको छ।
“SAAIL – नेपाल २०२५ नेपाली युवा नेतृत्वलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने दुर्लभ अवसर हो। यसले नेपाललाई अन्तर्राष्ट्रिय युवा नेतृत्वको केन्द्रका रूपमा चिनाउनेछ।”
यसका मुख्य आकर्षणहरू:
नेतृत्व विकास सत्रहरू (Coaching & Training)
उद्यमशीलता र परियोजना व्यवस्थापन सम्बन्धी कार्यशालाहरू
अन्तरसंस्कृतिक आदानप्रदान, संस्कृति र पहिचानको सम्मान विश्व सम्पदास्थलहरूको भ्रमण तथा पर्यटन प्रवर्द्धन
Jaycees in Business विशेष सत्र, श्रीलङ्का राजदूतावास तथा महामहिम राजदूत पूर्ण बहादुर नेपालीको आतिथ्यमा हुने
SAAIL – २०२५ ASPAC 2025 (मंगोलिया) मा सम्पन्न चार राष्ट्रबीचको समझदारी अनुरूपको पहिलो कार्यान्वयन हो, जसले दक्षिण एसियाली युवाहरूबीच दीर्घकालीन नेटवर्किङ र साझेदारीको मार्ग खोल्ने विश्वास गरिएको छ।