प्रधानमन्त्री बालेन साहको सल्लाहकार टिममा कसलाई कुन जिम्मेवारी

काठमाडौं। नेपाल सरकारका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सल्लाहकार टिम घोषणा भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नियुक्तिहरूलाई औपचारिक रूपमा पुष्टि गर्दै आगामी कार्यकाललाई थप प्रभावकारी बनाउने तयारी गरेको हो।

प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त भएका छन् भने प्रमुख राजनीतिक सल्लाहकारमा असिम शाह जिम्मेवारी पाएका छन्।

प्रधानमन्त्रीको मुख्य स्वकीय सचिवमा सुवाष शर्मा नियुक्त भएका छन् भने प्रशासन प्रमुखको जिम्मेवारी सुदीप ढकाल ले सम्हाल्ने भएका छन्। सूचनाप्रविधि संयोजकको जिम्मेवारीमा विवेक मिश्र नियुक्त भएका छन्।

सरकारीतर्फ निजी सचिवालयको जिम्मेवारी सहसचिव प्रदीप परियार ले पाएका छन् भने पीएसओमा डीएसपी दीपेश बस्याल खटिएका छन्।

राजनीतिक विश्लेषकहरूले नयाँ सल्लाहकार टिमलाई प्रधानमन्त्रीको निर्णय प्रक्रियामा विशेषज्ञ सुझाव, रणनीतिक योजना र व्यवस्थापकीय क्षमता थप्ने महत्वपूर्ण कदमका रूपमा मूल्यांकन गरेका छन्। यस टिमको सहयोगले नीति निर्माण, कार्यान्वयन र प्रशासनिक सुधारमा थप गति मिल्ने विश्वास लिइएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले पहिलो चरणमा सीमित सदस्यसहित सानो सचिवालय टिम गठन गरेका छन् भने बाँकी सदस्यहरू सोमबारसम्म थपिने तयारी रहेको बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्