नर्स निशाले अब सम्हालेछिन् स्वास्थ्य मन्त्रालय

काठमाडौं : बालेन्द्र शाह नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा निशा मेहता नियुक्त भएकी छिन्। उनी सुनसरीको इनरूवाकी निशा पेशला नर्स हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेसी समुदायबाट समानुपातिक सांसद बनेकी हुन्। सुनसरीकी स्थायी बासिन्दा निशा पेशाले नर्स हुन्। उनले एमएससी नर्सिङ अध्ययन पूरा गरेकी छन् र लामो समय स्वास्थ्य सेवामा सक्रिय रहँदै आएकी छन्।

२०४४ साल साउन २२ गते इनरुवामा जन्मिएकी निशाले भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर गरेकी छिन्। मेहताले विराट टिचिङ अस्पतालमा काम पनि गरेकी थिइन्। प्रतिनिधि सभा सांसद निर्वाचित भएपछि उनले उक्त काम छाडेकी हुन्।

उनले नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशको प्रशासन सचिवका रूपमा स्वास्थ्य शिविर सञ्चालनमा पनि भूमिका खेलेकी थिइन्। मेहताका श्रीमान् डा। सरोज सिंह हुन्। प्रहरी नायव उपरीक्षक सरोज कोशी प्रदेश प्रहरी अस्पतालका प्रमुख छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?