एनआईसी एशिया बैंकद्वारा १० करोडसम्मको ‘साथी घर कर्जा’ योजना सार्वजनिक
काठमाडौँ । एनआईसी एशिया बैंकले आवास क्षेत्रलाई लक्षित गर्दै ६.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम रु. १० करोडसम्म उपलब्ध हुने ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ। ग्राहकहरूको आवास सम्बन्धी आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले बैंकले उक्त योजना बजारमा ल्याएको जनाएको छ।
बैंकका अनुसार यो कर्जा योजना अन्तर्गत न्यूनतम रु. २५ लाखदेखि अधिकतम रु. १० करोडसम्म कर्जा उपलब्ध हुनेछ। योजना ७ वर्षका लागि ६.९९ प्रतिशत स्थिर ब्याजदरमा प्रदान गरिनेछ भने कर्जाको अधिकतम अवधि २५ वर्षसम्म रहने व्यवस्था गरिएको छ।
यस कर्जामार्फत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा पुनःनिर्माण र घडेरी खरिदका लागि सहज प्रक्रिया अपनाइने बैंकले जनाएको छ। पहिलो पटक घर खरिद वा निर्माण गर्ने ग्राहकका लागि कर्जा तथा धितो सुरक्षण अनुपात अधिकतम ८० प्रतिशतसम्म रहनेछ भने अन्य ग्राहकका हकमा अधिकतम ७० प्रतिशतसम्म कायम गरिएको छ।
बैंकले यस योजनालाई आवास स्वामित्व विस्तार गर्ने रणनीतिक पहलका रूपमा अघि सारेको उल्लेख गर्दै प्रतिस्पर्धी ब्याजदर र लचिलो भुक्तानी अवधिले ग्राहकलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरेको छ।
यसका साथै, योजना अन्तर्गत घर कर्जा लिने ग्राहकले लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड सेवा समेत प्राप्त गर्नेछन्।