माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टचार मुद्दा, नेपालको सांसद् पद निलम्बन

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

सो आरोपपत्र दायर भएसँगै नेकपा ९एकीकृत समाजवादी०का अध्यक्षसमेत रहनुभएका पूर्वप्रधानमन्त्री नेपालको सांसद पद स्वतः निलम्बन भएको छ । 

भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार फौज्दारी र भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएसँगै सार्वजनिक ओहोदाका व्यक्तिको सार्वजनिक पद स्वतः निलम्बन हुने प्रावधान छ । उहाँ सङ्घीय संसद्अन्तर्गत रौतहट जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं १ बाट निर्वाचित सांसद हुनुहुन्छ ।

काभ्रेपलाञ्चोकको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी सञ्चालनका लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको तथा उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको अभियोगमा आयोगले उहाँहरूविरुद्ध मुद्दा दायर गरेको हो । 

उक्त कम्पनीका संस्थापक सदस्य शालीग्राम सिंहसमेतले उक्त कम्पनीको नाम प्रयोग गरी(गराई कम्पनीको उद्देश्यको प्रतिकुल हुने गरी बदनियत राखी आफूसमेतका प्रतिवादीहरूलाई लाभ हुने गरी अन्य सरकारी सार्वजनिक पदधारण गरेका व्यक्तिसँगको मिलोमतोमा उक्त जग्गा खरिद प्रकरणमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा १० विपरितकार्य भएको आयोगको ठहर छ । 

यस प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध १८ करोड ५८ लाख ५० हजार बिगो माग गरिएको छ ।

मुद्दा दायर गरिएका प्रमुख अभियुक्तहरू 

राजनीतिक र प्रशासनिक तह

माधवकुमार नेपाल– तत्कालीन प्रधानमन्त्री

प्रेमबहादुर सिंह– तत्कालीन कानुन तथा न्यायमन्त्री

डम्बर श्रेष्ठ ९स्व।०– तत्कालीन भूमिसुधारमन्त्री

सन्तोष श्रेष्ठ– डम्बर श्रेष्ठका छोरा

माधवप्रसाद घिमिरे ९स्व।०– तत्कालीन मन्त्रिपरिषद् सचिव

कमला घिमिरे– माधवप्रसाद घिमिरेकी श्रीमती

छविराज पन्त– भूमिसुधार मन्त्रालयका तत्कालीन सचिव

जीतबहादुर थापा– तत्कालीन सहसचिव

लालमणि जोशी– तत्कालीन सहसचिव

कलानिधि पौडेल– तत्कालीन उपसचिव ९कानुन०

गान्धीप्रसाद सुवेदी– तत्कालीन उपसचिव

हुपेन्द्रमणि के.सी.– तत्कालीन उपसचिव

केशरबहादुर बानियाँ– भूमिसुधार विभागका महानिर्देशक

राजाराम थापा– भूमिसुधार विभागका उपसचिव

सिताराम पोखरेल– भूमिसुधार विभागका शाखा अधिकृत

बुद्धिबहादुर कार्की– भूमिसुधार विभागका नायब सुब्बा

मालपोत कार्यालय, काभ्रेपलाञ्चोक

जनार्दन गुरागाईं– तत्कालीन प्रमुख मालपोत अधिकृत

वेदप्रसाद अर्याल– तत्कालीन मालपोत अधिकृत

प्रेमबहादुर देसार– तत्कालीन मालपोत अधिकृत

शिवहरी शर्मा सुवेदी– शाखा अधिकृत ९विशेष०

नवराज बस्नेत– शाखा अधिकृत ९विशेष०

उमेशराज दाहाल– शाखा अधिकृत

केदारनाथ भट्टराई – नायब सुब्बा

रामकृष्ण खत्री– नायब सुब्बा

विनोद कोइराला– नायब सुब्बा

तुलामणि राजभण्डारी– नायब सुब्बा

कृष्णप्रसाद सापकोटा– नायब सुब्बा

जिव रमण उप्रेती– नायब सुब्बा

मोहनप्रसाद पराजुली– नायब सुब्बा

हरिप्रसाद हुमागाईं– खरिदार

बद्रीप्रसाद हुमागाईं– खरिदार

पुष्पकुमार पौडेल– खरिदार

रोसकाजी जस्पा– खरिदार

मोहनराम शर्मा– खरिदार

गुठी संस्थान, शाखा कार्यालय, काभ्रेपलाञ्चोक

बैकुण्ठप्रसाद रेग्मी– कार्यालय प्रमुख

कृष्णहरी भट्टराई– कार्यवाहक कार्यालय प्रमुख

माधवप्रसाद होमागाईं– फाँटवाला

पवन आचार्य – वरिष्ठ सहायक

राजकुमार सिग्देल– कार्यालय सहायक

पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपाल

शालीग्राम सिंह– संस्थापक सदस्य ९तीन वटा मुद्दामा नाम दोहोरिएको०

सनराइज बैँक लिमिटेड

किशोरकुमार महर्जन– तत्कालीन प्रमुख कार्यकारी अधिकृत

नीता प्रधान– सहायक महाप्रबन्धक

सुजित पोखरेल– जोखिम विभाग अधिकृत

राजीव सापकोटा– शाखा प्रबन्धक

ममता पराजुली– अधिकृत

एशु मैनाली– जुनियर म्यानेजमेन्ट ट्रेनी

मनोज न्यौपाने– उप–प्रबन्धक

विक्रान्त कोइराला– वरिष्ठ सहायक

रविनकुमार नेपाल– प्रमुख व्यवस्थापक

आशा राणा अधिकारी– सहायक महाप्रबन्धक

संजयकुमार सिद्धी– जोखिम व्यवस्थापन विभाग प्रमुख

सुनिल रत्न स्थापित– अनुपालन विभाग

बलराम विष्ट– नायब महाप्रबन्धक

निजी कम्पनी र व्यक्ति

भोजराज शर्मा वाग्ले

जीवनराज कडेल

ध्रुवराज थापा

मनु घिमिरे

ओमप्रकाश वंशल

भीमदत्त जोशी

विरेन्द्रलाल श्रेष्ठ

लक्ष्मण कार्की

चौतारा प्रा.लि.

विश्वरत्न शाक्य– संस्थापक

शेखरकुमार राणा– संस्थापक

सराफ परिवार

राधेश्याम सराफ (स्व।)

अरुणकुमार सराफ– छोरो

अन्य अभियुक्तहरू 

रामकृष्ण खत्री, 

विनोद कोइराला, 

हरिशरण श्रेष्ठ, 

रामकाजी श्रेष्ठ, 

बद्रीप्रसाद हुमागाईं, 

पवन आचार्य, 

शालीग्राम सिंह, 

वेदप्रसाद अर्याल, 

तुलामणि राजभण्डारी आदि।

कतिपय अभियुक्तहरूको नाम एकभन्दा बढी मुद्दामा उल्लेख छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्