गृहमन्त्री गुरुङ आफै गाडी चलाएर उपत्यकाका ट्राफिक कार्यालयमा पुगे

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आर्फ गाडी चलाएर काठमाडौं र ललितपुरका विभिन्न ट्राफिक कार्यालयमा पुगेका छन् ।

शनिबार बिहान उनी उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण पनि गरेका छन् । 

उनले आफै गाडी चलाएर काठमाडौं र ललितपुरका विभिन्न स्थानको अनुगमनमा निस्केका हुन् ।

मन्त्री गुरुङ शनिबार बिहानै पहिला रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखाना पुगेका थिए ।