नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले १५ जना मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

प्रधानमन्त्री बालेन शाहले प्रधानमन्त्रीको शपथ लिएलगतै १५ जना मन्त्रीहरुले शपथ लिएका थिए । प्रधानमन्त्री शाहले आजै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

अर्थमन्त्रीमा स्वर्णिम वाग्ले, गृहमन्त्री सुदन गुरुङ, परराष्ट्र मन्त्री शिशिर खनाल, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, उर्जामन्त्री विराजभक्त श्रेष्ठ, पर्यटनमन्त्री खडक पौडेल, शिक्षा मन्त्री सस्मित पोखरेल,स्वास्थ्य मन्त्री निशा मेहता नियुक्त भएका छन् ।

यस्तै, सञ्चारमन्त्री विक्रम तिमल्सिना,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, कानूनमन्त्री सोविता गौतम, कृषि मन्त्री गीता चौधरी, श्रम मन्त्री दिपक साह र महिला बालबालिका मन्त्री सीता वादी नियुक्त भएका  छन् ।  आजै नियुक्त भएका उनीहरुले पद तथा गाेपनीयताकाे शपथ  लिएका हुन् ।