आईसीसी टी-२०आई अलराउन्डर वरियतामा दीपेन्द्र चौथो स्थानमा

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा चौथो स्थानमा उक्लिएका छन् ।

आईसीसीले बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र छैटौं स्थानबाट चौथो स्थानमा उक्लिएका हुन् ।

आईसीसी टी-२० विश्वकपमा गरेको प्रदर्शनपछि दीपेन्द्रको वरियता सुधार भएको हो ।

अलराउण्डर वरियताको शीर्ष स्थानमा पाकिस्तानका सायम अयुब उक्लिएका छन् । जिम्बाबेका सिकन्दर राजा दोस्रोमा झरेका छन् । तेस्रोमा भारतका हार्दिक पान्ड्या यथावत् छन् ।

दीपेन्द्र ब्याटिङमा पनि ११ स्थान माथि उक्लँदै ६०औं स्थानमा पुगेका छन् ।