सम्बन्धित व्यक्तिको बैंक खाता यकिन गरेर मात्रै पैसा पठाएर ठगीबाट बच्न राष्ट्र बैंकको आग्रह
काठमाडौं – नेपाल राष्ट्र बैंकले पैसा पठाउनुअघि निधो गरेर मात्रै पैसा पठाएर ठगीबाट बच्न सबैलाई आग्रह गरेको छ । केन्द्रीय बैंकले एक भिडियो सन्देश जारी गर्दै यस्तो ठगीको प्रवृत्ति बढिरहेको बताएको हो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको सो भिडियो सन्देशमा दुई जना दाजूभाई कफि पिइरहेका हुन्छन् सो समयमा एकजना साथीको मेसेन्जरबाट पैसा आवश्यक भन्दै मेसेज आउँछ । उनले पैसा हाल्दिनुअघि बैंक खाता अर्केको नाममा देखेपछि शंका मान्दै अर्का साथीलाई सुनाउँछन् ।
त्यसपछि भाइले फोन गरेर निधो नगरी पैसा नहाल्न भन्छन् । उनकाअनुसार पछिल्लो समय मेसेन्जरहरु ह्याक गरेर पैसा माग्ने प्रवित्ति बढिरहेको छ । उनले पैसा माग गरेको साथीले फोनमा आफुले पैसा नमागेको बताउँछन् ।
फोन राखेपछि सँगै कफी पिइरहेका भाइले भन्छन्, ‘हामी सबैले यस्तो प्रकृतिका घटनाहरु देखेका सुनेका छौं । तरपनि आफ्नो साथीभाई, छरछिमेक र परिवारजनले पैसा मागे भन्दैमा हामी केहीपनि नसोचि पैसा पठाउँछौं । अबदेखि पैसा पठाउनु परेमा पहिले फोन गरौं, बुझौं निधो गरौं अनिमात्र पैसा पठाऔं ।’प्रविधिको विकाससँगै विकृति पनि बढिरहेको बताएको छ ।