सुशीला कार्की मन्त्रिपरिषद्‍को मुख्य जिम्मेवारी ६ महिनाभित्र चुनाव गराउनु पर्ने

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले ६ महिनाभित्र निर्वाचन गराउने जिम्मा पाएको छ। 

शुक्रबार साँझ राष्ट्रपति भवन शीतल निवासमा भएको शपथ ग्रहण समारोहमा सो जानकारी दिइएको हो। 

प्रधानमन्त्री कार्कीको शपथ ग्रहण भएको छ।  व्यक्तिहरूले बधाई दिइरहेका छन्।  उनी पहिलो प्रधानन्यायाधीश हुन्। अन्तरिम सरकारमा पहिलो महिला प्रधानमन्त्री पनि भएकी छन्।  

“सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा उत्पन्न विषम् तथा असाधारण परिस्थितिलाई सम्बोधन गर्दै युवा पुस्ताद्वारा प्रकट गरिएको इच्छा र आकांक्षाअनुसार राजनीतिक दल तथा सरोकारवाहरुसँगको परामर्शसमेतका आधारमा नेपालको संविधान बमोजिम राष्ट्रपतिका अन्तरनिहीत संवैधानिक अधिकार प्रयोग गरी नेपालको संविधानको पालना र संरक्षण एवम् नेपालको राष्ट्रिय एकताको प्रवर्धन गर्न आवश्यक भएकाले राष्ट्राध्यक्षको हैसियतले प्रधानमन्त्रीको सिफारिस र सम्मतिको आधारमा नेपालको संविधानले राष्ट्रपतिलाई सुम्पिएको संवैधानिक प्रतिबन्धात्मक व्यवस्था बमोजिम ६ महिनाभित्र प्रतिनिधिसभाको अर्को निर्वाचन सम्पन्न गर्ने गरी सुशीला कार्की, मोरङलाई नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।”