आन्तरिक विमानस्थलमा अब भीआईपी कक्ष अलग स्थानबाट हुँने

काठमाडौं । भीआईपीको सुविधा र सुरक्षाका लागि आन्तरिक विमानस्थलमा छुट्टै व्यवस्था गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित आन्तरिक टर्मिनल भवनमा नयाँ भीआईपी कक्ष निर्माण गरिएको र आजबाट शुभारम्भको तयारी भइरहेको विमानस्थलका महाप्रवन्धक हंसराज पाण्डेले जानकारी दिए ।

नयाँ भीआईपी कक्षासँग हाललाई व्यवस्थापन मिलाउन पुरानोलाई नयाँ स्थानमा, ठूलो क्षेत्रफलमा र सेवा तथा सुविधासहितको छ। यसअघि आन्तरिक टर्मिनल भवनकोभित्रपट्टी गोप्य ठाउँबाट भीआईपीको सेवा दिइएकोमा अब भने बाहिर खुला र ठूलो क्षेत्रफलबाट सेवा दिने निर्णय अनुसार नयाँ ठाउँमा भीआईपी कक्ष सारिएको पनि विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

पहिलेको आगमन कक्ष तथा व्यागेज लिने ठाउँ खालि रहेकोले त्यसलाई आकर्षक डिजाइनसहित भीआईपी कक्षको रुपमा परिणत गरिएका पनि विमानस्थल कार्यालयले जानकारी दिएको छ । यसको सुभारम्भ सोमबार अपरान्ह संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डले गर्ने भएका छन् ।